default_image

5 years ago

July 6, 2019

रोहितको विश्व कीर्तिमानी शतक !

एजेन्सी – भारतीय ओपनर रोहित शर्माले श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । रोहित शनिबार श्रीलंकासँगको खेलमा शतक प्रहार प्रहार गर्दै एकै विश्वकपमा ५ शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । यसअघि श्रीलंकाका कुमार संगकाराले सन् २०१५ को विश्वकपमा ४ शतक जोडेका थिए । रोहितले ९२ बलमा शतक पुरा गर्दै आफ्नो […]

24 views

0 Bookmark

एजेन्सी – भारतीय ओपनर रोहित शर्माले श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।

रोहित शनिबार श्रीलंकासँगको खेलमा शतक प्रहार प्रहार गर्दै एकै विश्वकपमा ५ शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । यसअघि श्रीलंकाका कुमार संगकाराले सन् २०१५ को विश्वकपमा ४ शतक जोडेका थिए । रोहितले ९२ बलमा शतक पुरा गर्दै आफ्नो वान डे करिअरको २७ औं शतक पुरा गरे । उनी विश्वकप क्रिकेटमा लगातार तीन खेलमा शतक बनाउने पहिलो खेलाडी पनि बने ।

शतक बनाएका रोहित ९४ बलमा १४ चौका र २ छक्का सहित १ सय ३ रनमा आउट भए । उनी ३१ औं ओभरको पहिलो बलमा राजिथाको बलमा क्याच आउट भएका थिए । रोहितले २९ औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै शतक पुरा गरेका थिए ।

अर्का ओपनर के एल राहुल ८१ रनमा खेलि रहेका छन् । २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३०.१ ओभरमा एक विकेट गुमाएर १ सय ८९ रन बनाएको छ ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.