5 years ago
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । योसँगै नेपालको अघिल्लो चरणको संभावना अंक गणितीय झिनो आसा मात्र बाँकी रहेको छ । आजनै अर्को खेलमा श्रीलंका र यूएईबीच प्रतिस्पर्धा जारी छ ।
जुन खेलमा श्रीलंका विजयी भए नेपाल स्वतः बाहिरिने छ । यूएईले जित निकाले नेपालको अंक गणितीय झिनो संभावना मात्रै बाँकी रहन्छ । नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । कप्तान अकबर अलीले ८२ बलमा १४ चौका सहित ९८ रनमा अविजित रहेपछि नेपाल पराजित हुन पुगेको हो ।
त्यस्तै सामिम हसनले ५४ बलमा ४ चौका सहित ४२ रनमा अविजित रहे । एक समय ३२.२ ओभरमा १३२-४ को अवस्थामा पुगेको बंगलादेशलाई पाँचौ विकेटका लागि कप्तान अली र सामिमले १ सय ३० रनको शतकीय अविजित साझेदारी गर्दै सहज जित पक्का गरे । त्यस्तै तौहीद हृदोयले ६० रनको योगदान दिए ।
३३ ओभरको दोस्रो बलमा कमलसिंह ऐरीले सन्दीप जोराबाट क्याच गराउनु अघि उनले ८८ बलमा ३ चौका प्रहार गरे । नेपाललाई पहिलो सफलता चौथो ओभरको पहिलो बलमा राशिद खानले तानजिद हसनलाई ९ रनमा एलबी डब्लू आउट गर्दै दिलाए ।
त्यस्तै पाँचौ ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले अनिक सरकारलाई आशिफ शेखबाट क्याच गराउँदै ५ रनमा पेभिलिएन फर्काए । २४ ओभरको पाँचौ बलमा मोहम्मुदुल हसन जोयलाई हरि बहादुर चौहानले आफैं क्याच लिदै ४० रनमा पेभिलिएन फर्काएका छन् । उनले ५६ बलमा ३ चौका प्रहार गरे । नेपालका लागि कमलसिंह ऐरी २,राशिद खान र हरि बहादुर चौहानले समान १ विकेट लिए ।
त्यसअघि आइतबार टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनायो । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ रनको महत्वपूर्ण योगदान दिए । ४२ ओभरको दोस्रो बलमा मृत्तुनजोय चौधरीले कप्तान अकबर अलीबाट क्याच आउट गराउनु अघि पवनले १ सय ११ बलमा ८ चौका र १ छक्का प्रहार गरे । नेपाललाई विशाल योगफल सम्म पुर्याउन सन्दीप जोराले विश्फोटक इनिङ खेले ।
३८ ओभरको दोस्रो बलमा कप्तान रोहित कुमार पौडेल आउट भएपछि मैदान छिरेका सन्दीप जोराले ३७ बलमा समान ३ चौका र छक्का सहित ५६ रनको आक्रमक इनिङ खेले । भिम सार्की २१ रनमा आउट भए । छैटौ विकेटका लागि सन्दीप र भिमले ७१ रनको महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए । पहिलो विकेटका रुपमा १४ ओभरको पाँचौ बलमा ओपनर रित गौतम ३२ रनमा बोल्ड आउट भए । रितले ५३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि रित र पवन सरार्फले ४५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । १७ ओभरको अन्तिम बलमा विकेटकीपर आशिफ शेख १२ बल खेली ३ रन जोड्दै क्याच आउट भए । सुस्त गतीमा सुरुवात गरेको नेपाललाई आक्रमक शैलीमा प्रस्तुत हुँदै कुशल मल्लले केहि इनिङ उकास्न खोजे ।
तर कुशल लामो समय मैदानमा टिक्न सकेनन् । २७ ओभरको पाँचौ बलमा ठूलो सटको धुनमा क्याच आउट हुनुअघि कुशलले ३२ बलमा ३ छक्का र १ चौका सहित २८ रनमा क्याच आउट भए । कप्तान रोहित कुमार पौडेल १४ रनमा क्याच आउट भए । राशिद खान ६ रनमा आउट हुँदा कमलसिंह ऐरी १ छक्का सहित ४ बलमा ९ रनमा अविजित रहे ।
बंगलादेशका लागि मोहम्मद तानजिम हसन र शाहिन आलमले समान २ विकेट लिए । मुत्तुनजय चौधरी,रकीबुल हसन ,शामिम हसन र तोहीद हृदोयको नाममा समान १ विकेट रह्यो । नेपालल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेल मंगलबार यूएईसँग खेल्ने छ ।
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले पराजित गर्दा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितका कारण पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]