default_image

5 years ago

September 8, 2019

नेपालले बंगलादेशसँग हार्नुका ३ कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आईतबार बंगलादेशसँग ६ विकेटले पराजित भएपछि नेपालको सेमिफाइनलमा पुग्ने संभावना सकिएको हो । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । नेपालले मंगलबार अन्तिम खेल यूएईसँग खेल्ने छ । टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आईतबार बंगलादेशसँग ६ विकेटले पराजित भएपछि नेपालको सेमिफाइनलमा पुग्ने संभावना सकिएको हो । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । नेपालले मंगलबार अन्तिम खेल यूएईसँग खेल्ने छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो । २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेपछि नेपालको अघिल्लो चरणको संभावना सकिएको हो । नेपालका लागि ओपनर पवन सरार्फले ८१ र सन्दीप जोराले ३७ बलमा समान ३ चौका र छक्का सहित आक्रमक ५६ रनको योगदान दिएका थिए । टेष्ट राष्ट्र बंगलादेशविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै जित नजिक पुगेको नेपालले हार्नुका ३ कारण यस प्रकार छन् ।

३. टोली सन्तुलनमा कमी

बंगलादेशविरुद्ध प्लेइङ ११ हेर्दा टोली सन्तुलनमा कमी देखिन्छ । टेष्ट टोली बंगलादेशविरुद्ध नेपाल प्रमुख ३ बलरको भरमा मैदान उत्रेको थियो । सागर ढकाल, कमलसिंह ऐरी र राशिद खान बाहेक अन्य सबै ब्याट्सम्यान थिए । अर्थात ८ ब्याट्सम्यान र ३ बलरको रुपमा मैदान उत्रेको थियो । जसको कारण ब्याटिङमा केहि सुधार भएपनि बलिङमा कमजोर प्रर्दशन गर्न पुग्यो । प्रमुख बलर मध्यका स्पिनर सागर ढकालले विकेट लिन सकेनन् । त्यस्तै कमल सिंह ऐरीले ८ ओभरमा ५९ रन खर्चिदा २ विकेट लिए । त्यस्तै राशिद खानको नाममा १ विकेट रह्यो ।

अलराउन्डर पवन सरार्फले १० ओभरमा ५० रन खर्चिए तर विकेट लिन सकेनन् । कुशल मल्ल,भिम सार्की पनि विकेटविहीन रहे । हरिबहादुर चौहानको नाममा १ विकेट रह्यो । नेपालले कम्तिमा ४ प्रमुख बलर मैदान उतार्नु पर्ने थियो । सबै प्रमुख बलरको प्रर्दशन सधैं राम्रो हुन्छ भन्ने पनि हुँदैन । अन्य एक प्रमुख बलर मैदान उतारेको भए विकेट लिनुको साथै रनको गतिमा रोक्न सक्थ्यो । नेपाल अलराउन्डरमा बढि विश्वासका साथ ३ प्रमुख बलर खेलाएको थियो । जुन नेपाललाई घातक बन्यो । नेपालले हार्नुको कारणमा टिम सन्तुलनको कमि पनि एक हो ।

२. अली र सामिमबीचको शतकीय साझेदारी

नेपालको हारको अर्को कारण बंगलादेशका कप्तान अकबर अली र सामिम हसनबीचको पाँचौ विकेटका लागि गरेको शतकीय साझेदारी तोड्न नसक्नु । कुनै समय बंगलादेश ३२.२ ओभरमा १३२–४ को अवस्थामा पुगेको थियो । जुन समयमा खेलमा नेपाल पकड जमाई रहेको थियो । तर कप्तान अली र सामिमबीचको १ सय ३० रनको अविजित साझेदारी गर्दै टोलीको जित पक्का गरे । यी दुई ब्याट्सम्यानको साझेदारी समयमै तोड्न सकेको भए नतिजा नेपालको पक्ष्यमा आउन सक्थ्यो ।

यी दुईले अविजित साझेदारी गर्दा पनि बंगलादेशको इनिङ अन्तिम ओभरमा पुगेको थियो । समयमै विकेट लिन सकेको भए रनको गतिमा कम आउने थियो । थोरै बलमा धेरै रन बनाउने दबाबमा थप विकेट हात पार्ने सम्भावना हुँदा बंगलादेश पराजित हुन सक्थ्यो। यी दुई साझेदारी तोड्न नसक्दा नेपाल जित नजिक पुगेर पनि पराजित हुन पुग्यो ।

१. कमजोर डेथ ओभर बलिङ

डेथ ओभरको प्रर्दशन हरेक टोलीका लागि महत्वपूर्ण हुने गर्दछ । हरेक ब्याट्सम्यानको सोच पनि पावर प्ले र डेर्थ ओभरमा आक्रमक साथै ठूला सट खेल्ने हुन्छ । नेपालले डेथ ओभरमा कुनै विकेट लिन सकेन । बंगलादेशलाई अन्तिम १० ओभरमा जितको लागि ६५ रन चाहिएको थियो । जुन समय दुई तिन विकेट लिन सकेको भए नयाँ ब्याट्सम्यानलाई खेल्न कठिन हुने थियो । क्रिजमा जमि सकेका अली र सामिम खुलेर खेल्दै सहज रुपमा रन बनाए र ४ बल अगाडी जित पक्का गरे । आजको हारको प्रमुख कारण डेथ ओभरमा बलरहरुले विकेट लिन नसक्नु हो ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.