default_image

5 years ago

September 9, 2019

सन्दीपलाई मात्र १ ओभर बलिङ

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली स्पिनर सन्दीप लामिछानेले बार्बाडोस ट्राइडेन्ट्सको पहिलो खेलमा मात्र १ ओभर बलिङ पाएका छन् । गुयना एमेजेन वारीयर्सविरुद्ध खेलमा सन्दीपले १ ओभर बलिङ गर्दै ५ रन खर्चेका हुन् । इनिङको छैटौं ओभर बलिङ गर्न आएका सन्दीपले कसिलो बलिङ गरेपनि त्यसपछि भने बलिङ गर्न पाएनन् । कप्तान जेसन होल्डरले […]

65 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली स्पिनर सन्दीप लामिछानेले बार्बाडोस ट्राइडेन्ट्सको पहिलो खेलमा मात्र १ ओभर बलिङ पाएका छन् ।

गुयना एमेजेन वारीयर्सविरुद्ध खेलमा सन्दीपले १ ओभर बलिङ गर्दै ५ रन खर्चेका हुन् । इनिङको छैटौं ओभर बलिङ गर्न आएका सन्दीपले कसिलो बलिङ गरेपनि त्यसपछि भने बलिङ गर्न पाएनन् । कप्तान जेसन होल्डरले उनलाई मौका नदिँदा विभिन्न प्रश्न उठेको छ । खेलदौरान केहि समय उनी बलिङ गरेपछि मैदानबाहिर पनि रहेका थिए ।

कमेन्टेटरका अनुसार उनको शारिरिक हलचल हेर्दा सामान्य चोट रहेको हुनसक्ने बुझिएको छ । यद्यपि यकिन भने हुन सकेको छैन । कप्तान होल्डरले गुयानामा धेरै देब्रे हाते‌ ब्याट्सम्यान भएकाले पनि उनलाई प्रयोग गर्ने जोखिम नलिएको हुन सक्छ । सन्दीपले बलिङ नगर्दा बार्बाडोसलाई घाटा भने पुग्यो ‌। अन्य बलरले धेरै रन खर्चेपछि गुयानाले बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

गुयानाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पारेको छ । गुयानाका चन्द्रपल हेमराजले ६३ रन तथा निकोलस पुरनले अविजित ६१ रन जोडे । पुरनले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गरे । बार्बाडोसका ३ बलरले ४ ओभरमा ३५ रन भन्दा बढी खर्चिए ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.