default_image

5 years ago

October 29, 2019

विश्व क्रिकेटमा नेपालले बनाएका ८ कीर्तिमान

129 views

0 Bookmark

भूपेन्द्र जि.सी, काठमाडौं

सन् १९९६ मा एसीसी ट्रफिबाट सुरु भएको नेपालको अन्तर्राष्ट्रिय यात्रा विभिन्न उताड चडावबीच टी–२० विश्पकप हुँदै वान डे मान्यतासम्म आई पुगेको छ । सन् २०२१ मा हुने टी२० विश्वकप, २०२३ भारतमा हुने एक दिवसिय विश्वकप हुँदै १०–१५ वर्ष सम्ममा टेष्ट मान्याता पाउने लक्ष्य नेपालले राखेको छ । तर अहिलेको घरेलु संरचना र तयारी हेर्दा २०२१ मा भारतमा हुने विश्वकप खेल्न पनि नेपाललाई कठिन हुने देखिन्छ ।

खेलाडीको दिन-रातको अथक मिहेनत, सिमित स्रोत र साधनकाबीच विभिन्न बाधा-अवरोध पार गर्दै नेपाली क्रिकेट वान डे मान्यता सम्म आइपुगेको छ । अब माथिल्लो स्तरको क्रिकेट खेल्न खेलाडीको मिहिनेतले मात्र पुग्ने छैन । त्यसको लागि घरेलु संरचना, तयारी र प्रष्ट कार्य योजना र नेपाल क्रिकेट संघको सक्रियता पनि हुनुपर्छ । खेलाडीले खेलेर मात्र नहुँने हुँदा व्यक्तिभन्दा माथि सबैले सोच्नुपर्ने अवस्था आएको भन्दै पारस खड्काले कप्तानबाट राजिनामा दिएका छन् ।

२३ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट अवधिमा नेपालले जति सफलता हात पार्यो त्यो भन्दा धेरै अवसर पनि गुमायो । दुई महिना अघि आईसीसी टि ट्वान्टी एसिया छनोटमा खराब प्रर्दशन गर्दै ग्लोबल विश्वकप छनोट खेल्ने अवसर गुमाएको थियो । यो एउटा उदाहरण मात्र हो । २३ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै कीर्तिमान बनाएको छ । केहि कीर्तिमान खेलाडीको नाममा बन्दा केहि टोलीको नाममा बनेका छन् । विश्व क्रिकेटमा नेपालले बनाएका ८ कीर्तिमान यस प्रकार छन् ।

८. मात्र २ बलमा जित

सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । ५० ओभरको खेल, ११ रनको लक्ष्य अनि २ बलमै विजयी । नेपालले यस कीर्तिमान सन् २००६ मा म्यानमारविरुद्ध बनाएको थियो। मलेसियामा भएको एसीसी ट्रफिमा नेपालले यो दुर्लभ कीर्तिमान हात पार्न सफल रहयो । टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले महबुब आलम ७ र बिनोद दासले ३ विकेट लिएपछि म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भएको थियो । ११ रनको लक्ष्य नेपालले दुई बलमा पुरा गर्दै कीर्तिमान कायम गरेको थियो । ५ रन एक्स्ट्रास्वरुप उपहार पाएपछि २ बलमै नेपालको जित सम्भव बनेको थियो । ओपनर महेश क्षेत्री र धिरेन्द्र चन्दले समान १–१ बलमा ३–३ रनमा नटआउट रहेका थिए ।

७. महबुवको एकै खेलमा १० विकेट

सन् २००८ मा जर्सिमा डिभिजन ५ लिगमा मोजाम्बिकबीरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । २ सय ३९ रनको विजयी लक्ष्य पक्ष्याएको मोजाम्बिक १४.५ ओभरमा अल आउट हुँदै १९ रनमा समेटियो । महबुबले ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिए । उनले त्यसबेला ५ ब्याटम्यान बोल्ड,४ एलबीडब्लू र १ क्याच आउटको सिकार बनाएका थिए । महबुब सिमित ओभरमा एकै खेलमा १० विकेट लिने पहिलो खेलाडी बने र गिनिज बुकमा नाम लेखाएका थिए ।

मोजाम्बिकका दुई ब्याट्सम्यानले मात्र खाता खोल्न सक्दा ९ खेलाडी डक आउट भएका थिए । पछिल्लो समय ढल्कँदो उमेरसँगै खस्किदो प्रर्दशनका कारण महबुब सन्न्यासको संघारमा छन् । महबुब सन् २०१७ मा काठमाडौंमा केन्यासँग दुई खेल यता सिनियर टोलीमा छैनन् । पछिल्लो समय घरेलु लिगमा पनि महबुबको प्रर्दशन कमजोर छ । यो रेकर्डले महबुवलाई विश्व क्रिकेट जगत र नेपालले सधैँभरी सम्झिरहने छ ।

६. सोमपालको १० औं नम्बरमा ४० रन

सन् २०१४ मा नेपाल र हङकङबीच टी–२० सिरिज श्रीलंकामा चलिरहेको थियो । चौथो खेलमा हङकङबीरुद्ध टस हारेर ब्याटिङ थालेको नेपाल १२.५ ओभरमा नेपाल २५–८ को कमजोर अवस्थामा पुगेको थियो । जुन अवस्थामा नेपालले ५० रन पनि कटाउन नसक्ने अनुमान समर्थकहरुको थियो । वसन्त आउट भएसँगै शक्ति गौचन,सोमपाल कामी र अमृत भट्टराईको विकेट हातमा थियो । तीनै जना बलर थिए ।

त्यस वर्षदेखि नै राष्ट्रिय टिममा देखा परेका सोमपाल कामीले उक्त खेलमा चमत्कारपूर्ण ब्याटिङ गरे । सोमपाल क्रिजमा आउनु अघि शक्ति १० बलको सामना गर्दा खाता खोल्न सकेका थिएनन् । सोमपालले शक्तिसँग मिलेर १८.५ बल सम्म ४३ रनको साझेदारी गर्दै स्कोर ६८.८ को अवस्थामा पुर्याए । जुन स्कोर कोलोम्बोको पिचमा प्रतिस्पर्धात्मक मानिन्थ्यो। सोमपालले ३१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाएको अवस्थामा १९ औं ओभरको अन्तिम बलमा आउट हुन पुगे ।

आउट भएपनि सोमपालले आफ्नो नाममा विश्व रेकर्ड कायम गरे। अहिलेसम्म टी–२० क्रिकेटमा १० औं नम्बरमा आएर ४० रन बनाउने सोमपाल कामी एक्लो ब्याट्सम्यान हुन् । उक्त खेलमा भने हङकङ २ विकेटले विजयी भएको थियो।

५. रुविनाको एकै ओभरमा ५ विकेट

सन् २००९ मा मलेसियामा एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपालले सिंगापुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ७९ रन बनाएको थियो । जवाफी ८० रनको लक्ष्य पक्ष्याएको सिंगापुरको नाटकीय विकेट पतन भयो । कप्तान रुविना क्षेत्रीले मलेसियाको पिचमा कमालको प्रदर्शन गरिन् ।

रुविनाले अन्तिम ओभरमा लगातार पाँच विकेट लिएपछि हारको मुखमा पुगेको नेपालले खेल बराबरीमा रोक्न सफल भएको थियो। रुविनाले दोस्रो, तेस्रो,चौथो,पाँचौ र अन्तिम बलमा लगातार विकेट लिएकी थिइन् । उक्त प्रदर्शनसँगै रुविना पहिलो पटक ह्याट्रिक गर्ने नेपाली महिला खेलाडी समेत बनिन् । साथै महिला टी–२० क्रिकेटमा एकै ओभरमा लगातार ५ विकेट लिने पहिलो महिला क्रिकेटरको रेकर्ड समेत आफ्नो नाममा लेखाइन् ।

४. टी–२० विश्वकपमा नो वाइड

नेपाली क्रिकेट जगतमा सबैभन्दा ठूलो सफलता सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकपलाई लिइन्छ । नेपाली टोलीको बलिङ पक्ष सधैं बलियो हतियारको हुँदै आएको छ । विश्वकपमा पनि नेपालीले बलरले त्यसलाई प्रमाणित गरेका थिए । पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउँदै विश्वकपमा नेपालले सानदार सुरुवात गरेको थियो ।

हङकङलाई ६९ रनमा अल आउट गर्दा कुनै वाइड फालेन । नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८ विकेटले पराजित हुन पुग्यो । तर वाइडमा रन भने दिएन । अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दै विश्व क्रिकेट जगतमा पुन एक पटक तहल्का पिट्यो । उक्त खेललमा पनि वाइडको रुपमा कुनै रन दिएन । जुन एउटा विश्व रेकर्ड बन्यो ।

३. ओडीआईमा रोहितको अर्ध शतक

युवा खेलाडी रोहित कुमार पौडेल ओडीआईमा सर्वाधिक कम उमेरमा अर्ध शतक पुरा गर्ने विश्वका कान्छा खेलाडी हुन् । रोहितले गत माघमा यूएईसँगको तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा ५८ बलमा ७ चौका सहित ५५ रन जोड्दै यस कीर्तिमान कायम गरेका थिए । जुन बेला रोहित १६ वर्ष १ सय ४६ दिनका थिए । त्यसअघि सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने रेकर्ड शाहिद अफ्रिदी र सचिन तेन्डुल्करको नाममा थियो ।

२. सन्दीपको टी२० आईमा अर्धशतक

युवा हिटर सन्दीप जोराको टि२० आईमा अर्ध शतक प्रहार गर्ने विश्वका कान्छा खेलाडी हुन् । जोराले गत माघमा यूएईसँगको तीन टि२० सिरिज अन्तर्गत पहिलो खेलमा ५३ रन जोड्दै यो कीर्तिमान कायम गरेका थिए । सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त कीर्तिमान कायम गरेका हुन् । नेपाल २१ रनले पराजित भएको खेलमा सन्दीपले ४६ बलमा ३ चौका र १ छक्का सहित ५३ रनको योगदान दिए ।

१. टी२० मा पारसको शतक

नेपाली क्रिकेटका वान म्यान आर्मी अर्थात एकल योद्धा पारस खड्का टी ट्वान्टी आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वका पहिलो कप्तान हुन् । पारसले यस कीर्तिमान एक महिना अघि जिम्वावे र सिंगापुरसँगको त्रिकोणात्मक सिरिजमा कायम गरेका थिए । पारसले सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित रहँदै यस कीर्तिमान हासिल गरेका थिए ।

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर एनपिएलबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]

Success

Thank you for your time.