default_image

4 years ago

December 4, 2019

युवा क्रिकेटर प्रशान्तलाई प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू१६ टोलीका युवा क्रिकेटर प्रशान्त सिंहलाई राकेश कर्णले प्रायोजन गर्ने भएका छन् । तीन वर्ष सम्म प्रशान्तलाई क्रिकेट प्रशिक्षण देखी शैक्षिक सबै कुराको खर्च आफुले बेहोर्ने राकेशले हाम्रो खेलकुदलाई जानकारी दिए । पुर्व राष्ट्रिय खेलाडी समेत रहेका राकेश कर्णले प्रशान्तलाई क्रिकेटमा लाग्न सहज होस भनेर प्रयोजन गर्न लागेको बताए […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू१६ टोलीका युवा क्रिकेटर प्रशान्त सिंहलाई राकेश कर्णले प्रायोजन गर्ने भएका छन् । तीन वर्ष सम्म प्रशान्तलाई क्रिकेट प्रशिक्षण देखी शैक्षिक सबै कुराको खर्च आफुले बेहोर्ने राकेशले हाम्रो खेलकुदलाई जानकारी दिए । पुर्व राष्ट्रिय खेलाडी समेत रहेका राकेश कर्णले प्रशान्तलाई क्रिकेटमा लाग्न सहज होस भनेर प्रयोजन गर्न लागेको बताए ।

‘प्रशान्तले उमेर समुहमा राम्रो प्रर्दशन गरि सकेको छ, उस्ले आर्थिक रुपमा संघर्ष गरि रहेको थाहा पाए । एउटा खेलाडीको करिअर बनाइदिन सक्छु भने मेरो लागि धेरै राम्रो कुरा हो भन्ने लागेर प्रायोजन गरेको हु । उसको तीन वर्षमा पढाई देखी क्रिकेट प्रशिक्षण सम्म जतिपनि खर्चहुन्छ त्यो सबै मेले बेहोर्ने छुउनले भने । राकेश अमेरिकामा बस्ने गर्दछन् । उनी प्रशान्तलाई प्रायोजन गर्न केहि दिन अघि नेपाल आएका थिए ।

प्रशान्तले प्रायोजन पाएपछि आफु क्रिकेट सिक्न काठमाडौं आएको बताएका छन् । ‘राजविराजमा खासै प्रशिक्षण र कोच हुदैनन् । उहाँले सहयोग गर्ने भएपछि म काठमाडौं आएको दुई महिना भयो, यसले मलाई धेरै फाइदा पुग्ने छ । प्रशान्तले शान्तिनगरमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्दै आएका छन् ।

गत अप्रिलमा थाइल्यान्डमा सम्पन्न एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बन्दा उनि टोलीका महत्वपूर्ण सदस्य थिए । यसै प्रतियोगिता खेल्न प्रशान्तले एसइइको परिक्षा त्यागेर यू१६ टोलीसँग थाइल्यान्ड गएका थिए । प्रशान्तले उमेर समुहको घरेलु प्रतियोगिता प्रदेश दुईबाट खेल्ने गर्दछन् । गत वैशाखमा मनमोहन मेमोरियल अन्तर प्रदेश यू१६-राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधि प्रदेश २ ले जित्दा प्रशान्तले उत्कृष्ट प्रर्दशन गरेका थिए । प्रशान्त मध्यगतिका बलिङ अलराउन्डर हुन् ।

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

Success

Thank you for your time.