default_image

4 years ago

December 11, 2019

रवि इन्दरले पोखराबाटै खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय विष्फोटक ब्याट्सम्यान रविइन्दर सिंहले पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनबाटै खेल्ने भएका छन् । गत वर्ष पोखरा पल्टनलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रर्दशन गरेका थिए । रविइन्दरले नेपाली फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । ठूला सटका लागि माहिर रविइन्दरले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पनि उत्कृष्ट प्रर्दशन गरेका […]

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय विष्फोटक ब्याट्सम्यान रविइन्दर सिंहले पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनबाटै खेल्ने भएका छन् । गत वर्ष पोखरा पल्टनलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रर्दशन गरेका थिए ।

रविइन्दरले नेपाली फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । ठूला सटका लागि माहिर रविइन्दरले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पनि उत्कृष्ट प्रर्दशन गरेका थिए । गत वर्ष पीपीएलमा रविइन्दरले ६ खेलमा २ अर्ध शतक सहित २ सय ६० रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । फाइनलमा उनले चितवन विरुद्ध ५८ बलमा १३ चौका र ३ छक्का सहित ९० रन जोड्दै उपाधि पक्का गरेका थिए । उनले पीपीएलमा २८ चौका र १२ छक्का प्रहार गरेका थिए ।

गतवर्ष इपीएलमा रविइन्दर भैरहवा ग्ल्याडियर्टसबाट खेल्दै सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमै रहेका थिए । रविइन्दरले ८ खेलमा १ शतक र १ अर्ध शतक सहित कुल ३ सय ३७ रन जोडेका थिए । जसमा २६ चौका र १८ छक्का प्रहार गरेका थिए । रविइन्दरले ६० बलमा ८ चौका र १० छक्का सहित १ सय २५ रनमा अविजित रहेपछि भैरहवाले पोखरा राइनोजले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य पुरा गरेका थियो ।

यस पटक पीपीएलमा ३ विदेशी खेलाडी राख्ने प्रावधान छ । पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा भारतीय बायाँ हाते अलराउन्डर पराग खानपुकारलाई भित्र्याएको छ । परागले मुम्बईबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । विजय हजारे ट्रर्फि खेलि सकेका परागले ८ लिष्ट ए खेलमा १ शतक सहित २ सय २४ रन बनाएका छन् । उनी लेग स्पिनर हुन् ।

पहिलो संस्करणको च्याम्पियन पोखराले मंसिर २८ मा काठमाडौं गोल्डेनसँग खेल्दै पीपीएलमा सुरुवात गर्ने छ । तेस्रो विदेशी खेलाडी भने टुङ्गो लाग्न बाँकी रहेको पोखरा पल्टनले जनाएको छ । पीपीएल मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशालामा चल्ने छ ।

पोखरा पल्टनको टोली:

रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, शरद भेषावकर(कप्तान), कुशल मल्ल, आकश चन्द, अनिल गुरुङ।

विदेशी खेलाडी:

रविइन्दर सिंह, पराग खानपुकार र एक जना टुङ्गो लाग्न बाँकी ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.