default_image

4 years ago

December 12, 2019

सन्नी, बाबर र रोहन नै चितवनबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पारस खड्का कप्तान रहेको चितवन राइनोजबाट खेल्ने तीन विदेशी खेलाडीको नाम सार्वजनिक भएको छ । चितवनबाट बाबर हायत, यूएईका अलराउन्डर रोहन मुस्तफा र भारतका अलराउन्डर सन्नी पटेल रहेका छन् । बाबरले केहि महिना अघि हङकङको टोली छाडेका थिए । रोहन मुस्तफाले गत वर्ष पीपीएलमा […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पारस खड्का कप्तान रहेको चितवन राइनोजबाट खेल्ने तीन विदेशी खेलाडीको नाम सार्वजनिक भएको छ ।

चितवनबाट बाबर हायत, यूएईका अलराउन्डर रोहन मुस्तफा र भारतका अलराउन्डर सन्नी पटेल रहेका छन् । बाबरले केहि महिना अघि हङकङको टोली छाडेका थिए । रोहन मुस्तफाले गत वर्ष पीपीएलमा बुटवल ब्लास्टबाट खेल्दै ५ खेलमा १ सय २७ रन जोडेका थिए । बाबरले विराटनगर वारियर्सबाट इपीएल खेलेका थिए । गत वर्ष नेपालका तीनै फ्रेन्चाइज लिगमा सन्नी म्यान अफ द सिरिज चुनिएका थिए ।

इपीएलमा ललितपुर प्याट्रियटर्स र डीपीएलमा धनगढीलाई च्याम्पियन बनाउन सन्नीको अलराउन्डर प्रर्दशन उत्कृष्ट थियो । लेग स्पिनर सन्नी ठूला सटका लागि परिचित छन् । सन्नीले एकल प्रर्दशनबाट नतिजा उल्टाउन सक्छन् । गतवर्ष चितवनलाई फाइनलमा पुर्याउन सन्नीले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

पीपीएलमा सन्नीले ७ खेलमा ४ मा नट आउट रहँदै १ सय ९४ रन र १० विकेट लिदै म्यान अफ द सिरिज घोषित भएका थिए । इपीएलमा ललितपुरलाई च्याम्पियन बनाउन ७ खेलमा १० विकेट लिदै म्यान अफ द सिरिज चुनिएका थिए ।

गत फाुगमा डीपीएलमा सिवाइसी अत्तरियालाई उपाधि दिलाउन पटेलले ६ खेलमा २ सय २ रन बनाएका थिए । जसमा १२ चौका र १३ छक्का सामेल थियो । पटेलले ९ विकेट लिएका थिए । सन्नी डीपीएलमा म्यान अफ द सिरिज र उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । नेपाली तीनै फ्रेन्चाइज लिगमा सन्नीको प्रर्दशन लोभलाग्दो छ ।

यस पटक पीपीएलमा हरेक टोलीले तीन विदेशी खेलाडी राख्न पाउने छन् । अन्य दुई खेलाडीको लागि पनि निरन्तर प्रयास गरि रहेको र विहीवार सम्म टुङ्गो लाग्ने चितवन राइनोजले जनाएको छ ।

चितवन राइनोजको टोली :

पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुषाल ।

विदेशी खेलाडी :

सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.