default_image

4 years ago

December 13, 2019

सोमपालको टोलीमा तीनै जना भारतीय खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लागि सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सले तीनै जना भारतीय खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ । गत वर्ष यूएईका पुर्व कप्तान तथा अलराउन्डर रोहन मुस्तफा र ओपनर चिराग सुरीलाई अनुबन्ध गरेको बुटवलले यस पटक भारतीय अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्कलाई टोलीमा […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लागि सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सले तीनै जना भारतीय खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ ।

गत वर्ष यूएईका पुर्व कप्तान तथा अलराउन्डर रोहन मुस्तफा र ओपनर चिराग सुरीलाई अनुबन्ध गरेको बुटवलले यस पटक भारतीय अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्कलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । यी तीनै जना भारतीय स्टेट स्तरको घरेलु क्रिकेट खेल्दै आएका खेलाडी हुन् ।

२६ वर्षिय अफ्ताबले राजस्थानबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । शिवमले भारतीय स्टेट स्तरीय प्रतियोगितामा ६४ खेलमा ६० इनिङमा २ हजार ४ सय ३३ रन बनाएका छन् । जसमा ८ शतक र ९ अर्ध शतक सामेल छ । उनको उत्कृष्ट प्रर्दशन २ सय ९ अविजित छ । शिवम सिंह विकेटकीपर र बलिङ पनि गर्ने गर्दछन् ।

हर्ष अलराउन्डर हुन् । बुटवलले पीपीएलमा मंसिर २९ मा काठमाडौं गोल्डेन्ससँग खेल्दै सुरुवात गर्ने छ । गत वर्ष पीपीएलमा सोमपालको टोली ५ खेलमा ३ मा हार र २ मा जित सहित पाँचौ स्थानमा रहेर बाहिरिएको थियो ।

बुटवलको टोली:

सोमपाल कामी (कप्तान), मोहम्मद साम्सद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरण बि.क, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री ।

विदेशी खेलाडी :

अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क (तीनै जना भारतीय)

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.