default_image

4 years ago

December 14, 2019

पीपीएल जित्न सक्ने तीन टोली

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । सबै टोली उपाधि जित्ने लक्ष्यसहित पोखरामा आइसकेका छन् । गत वर्षको च्याम्पियन पोखरा पल्टन लगातार दोस्रो पटक उपाधि जित्न चाहान्छ । अन्य पाँच टोली पनि पहिलो संस्करणको कमिकमजोरी सुधार गर्दै उपाधि जित्ने सोचमा छन् । मंसिर […]

56 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । सबै टोली उपाधि जित्ने लक्ष्यसहित पोखरामा आइसकेका छन् ।

गत वर्षको च्याम्पियन पोखरा पल्टन लगातार दोस्रो पटक उपाधि जित्न चाहान्छ । अन्य पाँच टोली पनि पहिलो संस्करणको कमिकमजोरी सुधार गर्दै उपाधि जित्ने सोचमा छन् । मंसिर २९ देखी पुष १२ सम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले २७ लाख र उप विजेताले १० लाख प्राप्त गर्ने छन् ।

तीन विदेशी खेलाडीको अनुबन्धले टोली बलियो देखिएका छन् । यस संस्करण देखी तीन विदेशी खेलाडी राख्न प्रावधान बनेको हो । कुनै पनि टोली कस्तो छ भनेर प्रतियोगितानै अघिनै त्यो टिममा रहेका खेलाडीलाई हेरेर भन्न सकिन्छ । टोलीमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, ती खेलाडीको पछिल्लो समयको प्रर्दशन, युवा खेलाडीको संभावना र नेतृत्वको क्षमता लगात सम्पूर्ण पक्ष्य हेर्दा पीपीएलको उपाधिको यी तीन टोलीले जित्न सक्छन् ।

३. काठमाडौं गोल्डेन्स

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल रहेको काठमाडौं गोल्डेन्स नयाँ टोली हो । हुलास रोयल्स काठमाडौंको स्थानमा काठमाडौं गोल्डेन्स आएको हो । नेपाली तीनै फे्रन्चाइज लिगमा उच्च प्रर्दशन गर्दै आएका भारतीय विश्फोटक ब्याट्सम्यान गौरव तोमर, विकेटकीपर जयकिशन कोल्सावाला र तीब्र गतिका बलिङ अलराउन्डर सुवोध भाटीको अनुबन्धले काठमाडौं बलियो र सन्तुलित बनेको छ ।

गौरव गत वर्ष पीपीएलका उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । शीर्षक्रमका ब्याट्सम्यान गौरवले एक्लै ठूलो इनिङ खेल्दै टोलीको सहज जित पक्का गर्न सक्छन् । घरेलु क्रिकेटमा राम्रो छाप छोड्दै आएका ओपनर अमित श्रेष्ठ, पछिल्लो समय लयमा फर्किका कप्तान ज्ञानेन्द्र, राष्ट्रिय टोलीमा पुनरागमनको पर्खाइमा रहेका विकेटकीपर सुवास खकुरेल, गौरव, जयकिशन, सुवोध र पृथु बास्कोटाको कारण ब्याटिङ लाइनअप बलियो छ ।

पछिल्लो समय नेपाली क्रिकेटमा पहिलो रोजाईमा पर्दै आएका अलराउन्डर पवन सरार्फ पनि काठमाडौंमै छन् । तीब्र गतिको बलिङमा सुवोध, अमृत भट्टाई र नन्दन यादव छन् । स्पिनरमा नेपालका अनुभवी बलर बसन्त रेग्मी, सुसन भारी र पवन छन् । गत वर्ष ललितपुर प्याट्रियटर्सलाई इपीइल च्याम्पियन बनाउन ज्ञानेन्द्रको कप्तानी उत्कृष्ट थियो । ज्ञानेन्द्र खेलाडीलाई राम्रोसँग नेतृत्व गर्न सक्ने कप्तान हुन् ।

२. पोखरा पल्टन

गत वर्षको च्याम्पियन पोखरा पल्टन पनि उपाधिको दाबेदार टोली हो । शरद भेषावाकर कप्तान रहेको पोखरामा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता छ । गत वर्ष पीपीएल र इपीएल दुबैमा सर्वाधिक रन बनाउने खेलाडीको भारतीय विश्फोटक ब्याट्सम्यान रविइन्दर सिंह पाखरामै छन् ।
रविइन्दरले आफ्नो एकल प्रर्दशनमा विशाल योगफल बनाउन र सहजै पुरा गर्न सक्छन् ।

पोखराको ब्याटिङ लाइनअपमा रविइन्दर, कुशल भुर्तेल, रोहित कुमार पौडेल, आशिफ शेख र शरद भेषावकर छन् । फिनिसरमा विनोद भण्डारी र युवा खेलाडी कुशल मल्ल छन् । यी दुबै ठूला शट खेल्ने गर्दछन् । तीब्र गतिको बलिङमा राशिद खान, महबुब आलम, आकश चन्द छन् ।

स्पिनरमा अलराउन्डर पराग खानपुकार छन् । पराग लेग स्पिनर र ललित नारायण राजवंशी अफ स्पिनर भएकाले टोली सन्तिुलित देखिन्छ । यतिमात्र होइन कुनै पनि टोलीमा राम्रो खेलाडी मात्र भएर पुग्दैन । ती खेलाडीलाई प्रयोग गर्न सक्नुपर्छ । जितको लागि खेलाडीको प्रर्दशनमात्र प्राप्त हुँदैन । नेतृत्व क्षमता पनि उत्कृष्ट हुनुपर्छ । सहि समयमा सहि खेलाडी प्रयोग गर्न नसके बलियो टोली पनि कमजोर बन्ने गर्दछ ।

कागजी रुपमा कमजोर टोलीलाई पनि कप्तानले बलियो बनाउन सक्छन् । जसको लागि नतृत्व क्षमता उत्कृष्ट हुनुपर्छ । नेपाली घरेलु क्रिकेटमा शरद सर्वाधिक सफल कप्तान मानिन्छन् । शरदले कप्तानी गरेको टोली फाइनल नपुगेको विरलै पाइन्छ । बलियो पोखराले लगातार दोस्रो पटक उपाधि जित्न सक्ने संभावना देखिन्छ ।

१. चितवन राइनोज

पारस खड्का कप्तान रहेको चितवन राइनोज उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाली घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका हङकङका पूर्व कप्तान बाबर हायत, यूएईका अलराउन्डर तथा पुर्व कप्तान रोहन मुस्तफा र गत वर्ष नेपालको तीनै फ्रेन्चाइज लिगमा म्यान अफ द सिरिच चुनिएका अलराउन्डर सन्नी पटेलको अनुबन्धले चितवन बलियो बनेको छ । चितवनको बलियो पक्ष्य ब्याटिङ रहेको छ । अलराउन्डरले भरिपूर्ण चितवनको ब्याटिङमा गहिराई छ ।

अनिल कुमार शाह, हरि शंकर शाह, पारस खड्का र बाबर हायत शीर्षक्रमका ब्याट्सम्यान हुन् । मध्यक्रममा रोहन, सन्नी, आरिफ शेख र सुमित मर्हजन छन् । तल्लोक्रममा करण केसी र सोनु तामाङ छन् । विक्रम शोब पनि ठूला सट खेल्न सक्छन् । तीव्र गतिको बलरको जोडीमा करण र बिक्रम शोब रहने छ । प्रमुख स्पिनरमा बिक्रम भुषाल र भुवन कार्की छन् ।

घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्ने भुवन कार्कीले आफ्नो चमत्कारी प्रर्दशन पीपीएलमा पनि देखाउन सक्छन् । सन्नी, रोहन, र बाबरले पनि स्पिन बलिङ गर्ने गर्दछन् । तीब्र गतिको बलिङ केहि कमजोर देखिएपनि सम्रगमा उपाधिको प्रमुख दाबेदार चितवन देखिन्छ ।

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

Success

Thank you for your time.