default_image

4 years ago

December 14, 2019

पीपीएलमा एक हातले क्याच लिने दर्शकलाई १५ हजार

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार सुरु हुने पीपीएलको लागि आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लि ले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र एक्स्पर्ट धनगढी ब्लुज फ्रेन्चाइज टोली रहेका […]

21 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार सुरु हुने पीपीएलको लागि आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लि ले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र एक्स्पर्ट धनगढी ब्लुज फ्रेन्चाइज टोली रहेका छन् । विराटनगरको प्रदीप ऐरी, पोखराको शरद भेषावकर, वुटवलको सोमपाल कामी, चितवनको पारस खड्का, काठमाडौंको ज्ञानेन्द्र मल्ल र धनगढीको दीपेन्द्र सिंह ऐरीले कप्तानी गर्ने छन् ।

यसपटक खेल हेर्न आएका दर्शकले ब्याट्सम्यानले छक्का हानेको बल एक हातले क्याच लिए रु १५ हजार प्राप्त गर्ने छन् । जुन एक्स्पर्ट एजुकेशनले प्रदान गर्ने छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । ‘शनिवार सुरु गर्ने हाम्रो सोच थियो, तर मौसमको कारण एक दिन सानु पर्यो, तयारी सबै सकिएको छ । अव आइतबार मात्र खेल सुरु गर्न बाँकी छ’, उनले भने । पीपीएलको लागि सबै खेलाडी र अफिसल पोखरा आई सकेको लामा बताउछन् ।

पहिलो संस्करण हामीले भब्य रुपमा सकेका थियौं । दोस्रो संस्करणमा पनि समर्थकबाट राम्रो साथ पाउने आशा राखेका छौं, पिचको काम सकिएको छ, उनले भने । यस पटक ४५ सय देखी ५ हजार समर्थक अट्ने प्याराफिट बनेको छ । पीपीएलका सबै खेल निशुल्क रहने लामाले प्रष्ट पारेका छन् । शनिवार सम्म पोखरा रंगाशालमा रहेको क्रिकेट मैदानमा कार्य जारी छ । शुक्रबारको वर्षाको कारण केहि भाग हिलो भएपनि आइतबार सम्म सुकिसक्ने अनुमान गरिएको छ ।

मंसिर २९ देखी पुष १२ सम्म चल्ने प्रतियोपगताको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र ईमर्जिङ्ग (उदीयमान) खेलाडीले रु ५० हजार रुपैंया पाउने छन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टिभि क्लियर र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धसतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टि प्रदान गरिने आयोजकले जनाएको छ । जुन १ वर्षको लागी निशुल्क सुविसु केवलनेट प्रा.लिले इन्टर नेट र क्लियर टिभि उपलब्ध गराउनेछ । उद्धघाटन खेलमा आइतबार ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्स वारियर्स र शरद भेषावकर कप्तान रहेको गत वर्षको च्याम्पियन पोखरा पल्टन भिड्ने छन् ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.