default_image

4 years ago

December 15, 2019

स्टार्क चम्कँदा अष्ट्रेलियाको फराकिलो जित

एजेन्सी – युवा ब्याट्सम्यान मार्नस लाबुसेनको शतक र मिचेल स्टार्कको उत्कृष्ट बलिङमा न्युजिल्यान्डसँगको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया फराकिलो अन्तरले विजयी भएको छ । अष्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ९६ रनले पराजित गर्दै तीन टेष्टमा १–० को अग्रता लिएको छ । अष्ट्रेलियाले पहिलो इनिङमा ४ सय १६ रन बनाएको थियो । युवा खेलाडी मार्नस लाबुसेनले २ […]

21 views

0 Bookmark

एजेन्सी – युवा ब्याट्सम्यान मार्नस लाबुसेनको शतक र मिचेल स्टार्कको उत्कृष्ट बलिङमा न्युजिल्यान्डसँगको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया फराकिलो अन्तरले विजयी भएको छ । अष्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ९६ रनले पराजित गर्दै तीन टेष्टमा १–० को अग्रता लिएको छ ।

अष्ट्रेलियाले पहिलो इनिङमा ४ सय १६ रन बनाएको थियो । युवा खेलाडी मार्नस लाबुसेनले २ सय ४० बलमा १८ चौका र १ छक्का सहित १ सय ४३ रनको शतकीय इनिङ खेले । लाबुसेनको यो लगतार तेस्रो शतक हो । ओपनर डेविड वार्नरले र स्टिभ स्मिथले समान ४३ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथी र निल वाग्रनरले समान ४ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो इनिङमा १ सय ६६ रनमा अल आउट भयो । न्युजिल्यान्डका रोश टेलर ८० र कप्तान केन विलियम्सनले ३४ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका मिचेल स्टार्कले १८ ओभरमा २ मेडन सहित ५२ रन खर्चेर ५ विकेट लिए ।

अष्ट्रेलियाले २१७–९ को अवस्थामा दोस्रो इनिङ समाप्तीको घोषणा गर्यो । उसका रोरी बन्र्स ५३, मार्नस लाबुसेन ५०, डेविड वार्नर १९ र स्टिभ स्मिथले १७ रनको योगदान दिए । न्युजिल्यान्डका टिम साउथीले २१.१ ओभरमा ६ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए ।

दोस्रो इनिङमा न्युजिल्यान्ड १ सय ७१ रनमा अल आउट भएपछि अष्ट्रेलिया विशाल अन्तरले विजयी भएको हो । न्युजिल्यान्डका बिजे बाटलिङ ४०, कोलिन डी ग्राण्डहोम ३३, रोश टेलर २२ र केन विलियम्सन १४ रनमा आउट भए । मिचेल स्टार्कले १४ ओभरमा ५ मेडन सहित ४५ रन दिएर ४ विकेट लिए । नाथन लायन ४ र प्याट कमिन्सको नाममा २ विकेट रह्यो । दुबै इनिङमा उत्कृष्ट प्रर्दशन गरेका तीब्र गतिका बलर मिचेल स्टार्क म्यान अफ द म्याच चुनिए । दोस्रो टेष्ट पुष १० देखी मेलबर्न क्रिकेट मैदानमा सुरु हुने छ ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.