default_image

4 years ago

December 15, 2019

आबिदको नयाँ विश्व कीर्तिमान

एजेन्सी – पाकिस्तानका ओपनर आबिद अलीले विश्व कीर्तिमानी कायम गरेका छन् । आबिदले श्रीलंकासँगको पहिलो टेष्टमा शतक प्रहार गर्दै इतिहास रचेका हुन् । उनको विश्व कीर्तिमानी शतकसँगै पाकिस्तान र श्रीलंकासँगको पहिलो टेष्ट ड्र भएको छ । आइतबार पहिलो टेष्टमा आबिद २ सय १ बलमा ११ चौका सहित १ सय ९ रनमा अविजित रहे । उनको […]

44 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका ओपनर आबिद अलीले विश्व कीर्तिमानी कायम गरेका छन् । आबिदले श्रीलंकासँगको पहिलो टेष्टमा शतक प्रहार गर्दै इतिहास रचेका हुन् । उनको विश्व कीर्तिमानी शतकसँगै पाकिस्तान र श्रीलंकासँगको पहिलो टेष्ट ड्र भएको छ ।

आइतबार पहिलो टेष्टमा आबिद २ सय १ बलमा ११ चौका सहित १ सय ९ रनमा अविजित रहे । उनको यो टेष्ट डेब्यू शतक हो । यस अघि आबिदले ओडीआई डेब्यू खेलमा पनि शतक प्रहार गरेका थिए । गत मार्चमा अष्ट्रेलियासँगको चौथो ओडीआई खेलमा डेब्यू गर्दै १ सय १२ रन जोडेका थिए । ओडीआई र टेष्ट दुबैको डेब्यूमै शतक प्रहार गर्ने आबिद विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।

श्रीलंकाले ३०८–६ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थिए । श्रीलंका धनञ्जय डी शिल्भाले १ सय २, कप्तान दिमुथ करुणारत्ने ५९ र ओसदा फर्नान्डो ४० रन जोडेका थिए । पाकिस्तानका युवा तीब्र गतिका बलर नसीम शाह र शाहिन शाह अफ्रिदीले २–२ विकेट लिए ।

पाकिस्तानले ७० ओभरमा २ सय ५२ रन जोड्न २ विकेट गुमाएको अवस्थामा पाँचौ दिनको खेल सकिएपछि खेल ड्र भएको हो । पाकिस्तानका आबिदसँगै युवा ब्याट्सम्यान बाबर आजमले पनि उत्कृष्ट शतक प्रहार गरे । बाबर १ सय २८ बलमा १४ चौका सहित १ सय २ रनमा अविजित रहे । बाबरलेको पाकिस्तान यो पहिलो टेष्ट शतक हो । उनको टेष्ट करिअरको भने तेस्रो शतक पर्दछ । पाकिस्तान र श्रीलंकाबीच दोस्रो तथा अन्तिम टेष्ट विहीबार देखी कराँचीमा सुरु हुने छ ।

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

Success

Thank you for your time.