default_image

4 years ago

December 19, 2019

आईपीएल अक्सन कोलकतामा हुँदै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदै छ । अक्सन नेपाली समय अनुसार दिउँसो २:४५ देखी कोलकतामा सुरु हुने छ । अक्सनमा कुल ३ सय ३२ खेलाडी रहेका छन् । ७३ खेलाडी विक्री हुने बताइएको छ । अक्सनमा सबैभन्दा बढी रकम खर्च गर्न पाउने रकम किंग्स इलाभेन पञ्जावसँग छ । सबैभन्दा कम […]

81 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदै छ । अक्सन नेपाली समय अनुसार दिउँसो २:४५ देखी कोलकतामा सुरु हुने छ ।

अक्सनमा कुल ३ सय ३२ खेलाडी रहेका छन् । ७३ खेलाडी विक्री हुने बताइएको छ । अक्सनमा सबैभन्दा बढी रकम खर्च गर्न पाउने रकम किंग्स इलाभेन पञ्जावसँग छ । सबैभन्दा कम खर्च गर्न पाउने रकम रोहित शर्मा कप्तान रहेको साविक विजेता मुम्मइ इन्डियनसँग रहेको छ । यस पटकको अक्सनमा अफगानिस्तान १५ वर्षिय स्पिनर नूर अहमद देखी इंग्ल्यान्डलाई विश्वकप जिताउने कप्तान इओन मोर्गन सम्मका खेलाडी छन् ।

यस पटकको अक्सनमा सबैभन्दा बढि रकम पञ्जावसँग छ । पञ्जावसँग ४२ करोड ७० लाख भारतीय रुपैयाँ बाँकी छ । कोलकता नाइटराइडर्ससँग ३५ करोड ६५ लाख भारतीय रुपैयाँ बाँकी छ । राजस्थान रोयल्ससँग २८ करोड ९० लाख, दिल्ली क्यापिटल्ससँग २७ करोड ८५ लाख, चेन्नइ सुपर किंग्ससँग १४ करोड ६० लाख, बेंगलोरसँग २७ करोड ९० लाख, हैदराबादसँग १७ करोड र मुम्बईसँग १३ करोड ५ लाख भारतीय रुपैयाँ बाँकी रहेको छ ।

अक्सनमा इंग्ल्यान्डका कप्तान इओन मोर्गन, ओपनर जोसन रोय, विकेटकीपर टम ब्यान्टन, युवा अलराउन्डर साम करन, अष्ट्रेलियाका ओपनर आरोन फिन्च, क्रिस लिन, हिटर ग्लेन म्याक्सवेल, तीब्र गतिका बलर प्याट कमिन्स, न्युजिल्यान्डका अलराउन्डर जेम्श निशम, वेस्ट इन्डिजका तीब्र गतिका बलर शेल्डन कटरेल र युवा ब्याट्सम्यान शिमरोन हेटमायर लगायतका खेलाडीलाई महँगो मूल्य लाग्न सक्ने अनुमान गरिएको ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.