default_image

4 years ago

December 27, 2019

सन्दीपको उत्कृष्ट प्रर्दशनको बाबजुद मेलबर्नलाई विशाल लक्ष्य

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा अन्तर्गत शुक्रबारको खेलमा मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ७५ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको एडिलेडले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । उसका जोनाथन वेल्स ४६ बलमा ६ चौका सहित ६८ रनमा अविजित रहे । ओपनर फिलिफ साल्ट […]

54 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा अन्तर्गत शुक्रबारको खेलमा मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको एडिलेडले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । उसका जोनाथन वेल्स ४६ बलमा ६ चौका सहित ६८ रनमा अविजित रहे । ओपनर फिलिफ साल्ट १४ र ज्याक वेदरल्ड २१ रनमा आउट भए । छैटौं ओभरको चौथो बलमा सन्दीपले म्याथ्यु शर्टलाई ६ रनमा बोल्ड आउट गरे ।

कप्तान एलेक्स करीले ४५ बलमा २ छक्का सहित ४५ रनमा क्याच आउट भए । राशिद खान ६ रनमा अविजित रहे । मेलबर्न स्टार्सका सन्दीप लामिछानेले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । डानिय वोरल, एडम जम्पा र डेल स्टेनले १–१ विकेट लिए ।

सन्दीपको तीन ओभर

सन्दीपले छैटौं ओभरमा ८ रन खर्चेर एक विकेट लिए । पहिलो बलमा शर्टलाई एक रन दिए । दोस्रो बलमा कप्तान एलेक्स करीले छक्का प्रहार गरे । तेस्रो बलमा १ रन र चौथो बलमा शर्टलाई बोल्ड आउट गरे । वेल्सलाई बाँकी दुई बल डट राखे ।

सन्दीपले आठौं ओभरमा ५ रन खर्चिए । वेल्सलाई पहिलो डट, दोस्रोमा तीन र तेस्रोमा करीलाई १ रन दिए । चौथो बल लेग वाईका रुपमा एक रन दिदा बाँकी दुई बल डट राखे ।

सन्दीपले १५ औं ओभरमा ४ लेग वाईका सहित कुल ७ रन खर्चिए । करीलाई पहिलो बलमा १ दोस्रोमा डट र तेस्रोमा एक रन दिए । करीलाई चौथोमा डट राख्दा पाँचौमा चौका र अन्तिम बलमा एक रन दिए ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.