default_image

5 years ago

January 6, 2020

क्यान बैठक : मलेसिया-११ सँग मैत्रीपूर्ण सिरिजमा छलफल

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको बैठकले आईसीसी विश्वकप लिग-२ लाई विशेष प्राथामिकता राख्दै छलफल गरेको छ । सोमबार क्यानका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा मुलपानीमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

क्यान बैठकले माघ २२ देखि २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि पोखरा बन्द प्रशिक्षण गर्ने, बन्द प्रशिक्षणमा २४ खेलाडी बोलाउने, पोखरामा मलेसिया ११ सँग अभ्यास खेल खेल्ने लगातका निर्णय गरेको अध्यक्ष चन्दले हाम्रो खेलकुदलाई जानकारी दिए । मलेसिया ११ सुनसरीको इनरुवामा जारी मन मोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न आउन लागेको छ ।

आजको बैठले विशेषत त्रिकोणात्मक सिरिज कसरी सफलतापूर्ण सम्पन्न गर्ने भनेर छलफल गरेको र कीर्तिपुर मैदानमा पिच मर्मतको लागि श्रीलंकाबाट केहि दिनमा क्युरेटर आउने उनले जानकारी दिए । पोखरामा रंगशालामा रहेको क्रिकेट मैदानमा नेपाली टोलीले शुक्रबारदेखि अभ्यास गर्ने बैठकले निर्णय गरेको छ । कप्तान र प्रशिक्षकको सल्लाहमा २४ खेलाडी बोलाइने छ । बुधबारसम्म २४ खेलाडीको नाम सार्वजनिक हुनेछ ।

मलेसिया ११ सँग तीन एकदिवसिय अभ्यास खेल खेल्ने निर्णय भएको उनले जानकारी दिए । क्यानले दुइ एक दिवसिय र एक टि ट्वान्टी अभ्यास प्रस्ताव गरेपनि मलेसिया ११ ले तीन एक दिवसियको माग राखेको चन्दले बताए । अभ्यास खेलमा बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीले खेल्ने छन् । उक्त अभ्यास खेलमा खेल्ने टोलीलाई क्यान ११ र मलेसिया ११ को नाम दिइने छ । उनले यसबीचमा टि ट्वान्टी अभ्यासको खेलको संभावना समेत रहेको बताए ।

बैठकमा वार्षिक क्वालेन्डर पेश गरेपनि यस विषयमा छलफल हुन नसकेको चन्दले बताए । उनले त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रसारण हुने जानकारी भने दिए । क्यान उच्च स्रोतका अनुसार त्रिकोणात्मक सिरिजमा टिकटको मुल्य २ सय रुपैयाँ तोकिएको छ । टिकटको मुल्य सहमति भईसकेपनि आजको बैठकमा यस विषयमा भने हुन नसकेको उक्त स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । विद्यार्थीको हकमा टिकट रु १ सय रुपैयाँ राखिनेछ । त्रिकोणात्मक सिरिजसम्म खेलाडी छनोट समिति पनि आउने जानकारी प्राप्त भएको छ ।

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 13, 2024

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ । कर्णालीले ५ रनको रोमाञ्चक जित निकालेको हो। यो जितले कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन […]

Success

Thank you for your time.