5 years ago
January 8, 2020
सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह बी को पहिलो खेलमा बुधबार नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३ सय ४७ रनको विशाल लक्ष्य दिएको छ ।
इनरुवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिस ४९.३ ओभरमा अल आउट हुँदै ३ सय ४६ रनमा समेटियो । युवा ब्याट्सम्यान कुशल भुर्तेलले तल्लोक्रममा ४९ बलमा ७ चौका र ५ छक्का सहित ७८ रन जोड्दै विशाल योगफलमा पुर्याए ।
४७ औं ओभरको पहिलो बलमा रविन्द्रजंग शाहीलाई ठूलो सट प्रहार गरेका कुशल हिमान्शु शाहीबाट क्याच हुन पुगे । ओपनर सुनिल धमलाले ७० रनको योगदान दिए । ३३ ओभरको पहिलो बलमा स्पिनर युनिस बिक्रम सिंहले विकेटकीपर बिपिन रावलबाट क्याच गराउनु अघि धमलाले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
११ औं ओभरको पहिलो बलमा ललित प्याकुरेलले ओपनर अमित श्रेष्ठलाई राज कुमार शाहबाट २९ रनमा आउट गराए । अमितले ३१ बलमा ६ चौका प्रहार गरे । राज कुमार शाहले १६ औं ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीलाई २५ रनमा क्याच आउट गराए । दीपेन्द्रले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
२८ औं ओभरको अन्तिम बलमा अनिल कुमार शाह ३६ रनमा रन आउट भए । अनिलले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आक्रामक ब्याटिङ गरेका पवन सरार्फ ३६ औं ओभरको पहिलो कुशल भुर्तेलसँग रनमा तालमेल गर्न नसक्दा १५ रनमा रन आउट भए ।
कप्तान मञ्जित श्रेष्ठ १८, दिलिप नाथ १५, ललित भण्डारी २७ र सागर ढकाल शून्यमा आउट भए । ललित भण्डारीले २१ बलमा २ छक्का र १ चौका प्रहार गरे । कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । युनिस बिक्रम सिंह र राज कुमार शाहले २-२ विकेट लिए । ललित प्याकुरेलको नाममा १ विकेट रह्यो ।
December 11, 2024
भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]