default_image

5 years ago

January 11, 2020

केसिटिसीलाई टि ट्वान्टी क्रिकेट उपाधि

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेककुद)- काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटिसी) ले पाकिस्तानी दूतावासद्वारा आयोजित पाचौं पाकिस्तानी दूतावास टि ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।


काठमाडौंमा सम्पन्न भएको टि ट्वान्टी  क्रिकेट प्रतियागितामा इन्जिनियरिङ क्रिकेट क्लबलाई पराजित गर्दै केसीटसीले उपाधि जितेको हो ।

विजेता टिम तथा खेलाडीहरुलाई शनिबार नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाभेदले पुरस्कृत गरे ।

प्रतियोगितामा सहभागी प्रतियोगितामा सहभागी १४ वर्षीय खेलाडी एन्सलाई विशेष पुरस्कार प्रदान गरिएको थियो ।
क्यान अध्यक्ष चन्दले दूतावासले यस्ता प्रतियोगिता आयोजना गरेर नेपालको क्रिकेट र दुई देशबीचको सम्बन्ध विकासमा सहयोग पुगेको भन्दै प्रतियोगिता आयोजनाका लागि धन्यवाद दिए ।

पाकिस्तानी राजदूत मजहर जाभेदले प्रतियोगिताका माध्यमबाट दुई देशका युवाहरुलाई सामूहिक रुपमा क्रिकेट विकासका लागि उत्प्रेरित गर्ने लक्ष्य लिइएको बताए ।१० दिनसम्म चलेको प्रतियोगितामा उपत्यकाभित्र र बाहिरका गरी १६ टिमले सहभागिता जनाएका थिए ।

December 11, 2024

काठमाडौंसँग पराजित हुदै लुम्बिनी लिगबाट बाहिरियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]

December 11, 2024

लुम्बिनी सामू चलेन काठमाडौंकाे ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]

December 11, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा […]

Success

Thank you for your time.