default_image

4 years ago

January 14, 2020

स्टार्क चम्कदा अष्ट्रेलियालाई भारतको मध्यम लक्ष्य

एजेन्सी – तीन एक दिवसिय सिरिज अन्तर्गत पहिलो खेलमा भारतले अष्ट्रेलियालाई २ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ । मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ थालेको घरेलु टोली भारत ४९.१ ओभरमा अल आउट हुँदै २ सय ५५ रनमा समेटियो । पाँचौ ओभरको तेस्रो बलमा मिचेल स्टार्कले ओपनर रोहित शर्मालाई डेविड वार्नरवाट १० रनमा क्याच […]

41 views

0 Bookmark

एजेन्सी – तीन एक दिवसिय सिरिज अन्तर्गत पहिलो खेलमा भारतले अष्ट्रेलियालाई २ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ । मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ थालेको घरेलु टोली भारत ४९.१ ओभरमा अल आउट हुँदै २ सय ५५ रनमा समेटियो ।

पाँचौ ओभरको तेस्रो बलमा मिचेल स्टार्कले ओपनर रोहित शर्मालाई डेविड वार्नरवाट १० रनमा क्याच गराए ।दोस्रो विकेटका लागि शिखर धवन र लोकेश राहुलले २७.१ ओभरमा १ सय २१ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए ।

एस्टन अगरले २८ औं ओभरको पहिलो बलमा राहुललाई स्टिभ स्मिथबाट ४७ रनमा क्याच गराउँदै शतकिय साझेदारी तोडे । राहुलले ६१ बलमा ४ चौका प्रहार गरे । २९ औं ओभरको पाचौं बलमा प्याट कमिन्सले शिखर धवनलाई ७४ रनमा अगरबाट क्याच गराउँदै अष्ट्रेलियालाई खेलमा फर्काए।

धवनले ९१ बलमा ९ चौका र १ छक्का प्रहार गरे । स्पिनर एडम जम्पाले ३२ औं ओभरको दोस्रो बलमा कप्तान विराट कोहलीलाई १६ रनमा कट एण्ड बोल्ड आउट गरेपछि भारत दबाबमा आएको थियो ।

लगातै ३३ औं ओभरको पाचौं बलमा स्टार्कले श्रेयस ऐरलाई ४ रनमा एलेक्स करिबाट क्याच गराए । केन रिचड्सनले रबिन्द्र जडेजालाइ करिबाट २५ रनमा क्याच आउट गराए । जडेजाले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

४४ औं ओभरको दोस्रो बलमा कमिन्सले विकेटकिपर ऋषभ पन्तलाइ २८ रनमा एस्टन टर्नरबाट क्याच गराए । पन्तले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे । शादुल ठाकुरले १३ रनको योगदान दिए । मोहम्मद शामी १० र कुलदिप यादवले १७ रन बनाए ।

अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले १० ओभरमा १ मेडन सहित ४४ रन खर्चेर २ विकेट लिए । केन रिचड्सन २, एडम जम्पा र एस्टन अगरले १-१ विकेट लिए ।

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.