default_image

4 years ago

January 15, 2020

स्टोक्सलाई आईसीसी क्रिकेटर अफ द इयर अवार्ड

एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले सन् २०१९ को आईसीसी क्रिकेट अफ द इयरको अवार्ड पाएका छन् । आईसीसीले बुधबार अवार्ड विजेताको नामावली सार्वजनिक गर्दै स्टोक्सलाई क्रिकेटर अफ द इयरको अवार्ड प्रदान गरेको जनाएको हो । इंग्ल्यान्डलाई पहिलो पटक एकदिवसिय विश्वकपको उपाधि दिलाउन स्टोक्सले सर्वोत्कृष्ट प्रर्दशन गरेका थिए । फाइनलमा स्टोक्सले न्युजिल्यान्डविरुद्ध ८४ रनमा […]

37 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले सन् २०१९ को आईसीसी क्रिकेट अफ द इयरको अवार्ड पाएका छन् । आईसीसीले बुधबार अवार्ड विजेताको नामावली सार्वजनिक गर्दै स्टोक्सलाई क्रिकेटर अफ द इयरको अवार्ड प्रदान गरेको जनाएको हो ।

इंग्ल्यान्डलाई पहिलो पटक एकदिवसिय विश्वकपको उपाधि दिलाउन स्टोक्सले सर्वोत्कृष्ट प्रर्दशन गरेका थिए । फाइनलमा स्टोक्सले न्युजिल्यान्डविरुद्ध ८४ रनमा अविजित रहँदै खेल सुपर ओभरमा पुर्याएका थिए । सुपर ओभरमा पनि उनले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले २०१९ मा २० ओडीआईमा ७ सय १९ रन बनाउनुको साथै १२ विकेट लिएका थिए । ११ टेष्टमा स्टोक्सले ८ सय २१ रन बनाउनुको साथै २२ विकेट लिएका थिए । स्टोक्सले एसेज सिरिजमा अष्ट्रेलियासँग हेडिंगले टेस्टमा नटआउट १ सय ३५ रन बनाउँदै अप्रत्याशित १ विकेटको जित दिलाएका थिए ।

आईसीसीकै टेष्ट क्रिकेटर अफ द इयरको अवार्ड अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले पाए । उनले २०१९ मा १२ टेष्टमा ५९ विकेट लिएका थिए । भारतका ओपनर रोहित शर्मालाई ओडीआई क्रिकेट अफ द अवार्ड प्रदान गरिएको छ । रोहितले आईसीसी एक दिवसिय विश्वकपमा ५  शतक प्रहार गरेका थिए । सन् २०१९ मा रोहितले २८ ओडीआईमा ७ शतक र ६ अर्ध शतक सहित कुल १४ सय ९० रन बनाएका थिए ।

टि ट्वान्टी प्रर्दशन अफ द इयरको अवार्ड भारतका तीब्र गतिका बलर दीपक चाहर घोषित भएका छन् । उनले बंगलादेशविरुद्ध ४ ओभरमा ७ रन खर्चेर ६ विकेट लिएका थिए । अष्ट्रेलिया युवा खेलाडी मार्नस लाबुसेन इमर्जिङ क्रिकेट अफ द इयर घोषित भएका छन् । लाबुसेनले २०१९ मा ११ खेल मा ३ शतक र ७ अर्ध शतक सहित ११ सय ४ रन जोडदै सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमा रहेका थिए । एसोसियट क्रिकेट अफ द इयरको अवार्ड स्कटल्यान्डका कप्तान काइल कोट्जरले पाएका छन् ।

भारतका कप्तान विराट कोहलीलाई स्प्रिट (भावना) अफ द अवार्ड प्रदान गरिने भएको छ । उनले विश्वकपमा दर्शकहरुले अष्ट्रेलियाका स्टिभ स्मिथविरुद्ध नाराबाजी गर्दा समर्थकहरुलाई हात जोड्दै त्यसो नगर्न आग्रह गरेका थिए ।

आईसीसी टेष्ट टिम अफ द इयर:

मयंक अग्रवाल, टम लाथम, मार्नस लाबुसेन, विराट कोहली (कप्तान), स्टिभ स्मिथ, बेन स्टोक्स, बिजे वाटलिङ (विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, निल वाग्रर, नाथन लायन ।

आईसीसी ओडीआई टिम अफ द इयर :

रोहित शर्मा, शाई होप, विराट कोहली (कप्तान), बाबर आजम, केन विलियम्सन, बेन स्टोक्स, जस बटलर (विकेटकिपर), मिचेल स्टार्क, ट्रेन्ट बोल्ट, मोहम्मद शामी र कुलदीप यादव ।

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

Success

Thank you for your time.