default_image

4 years ago

January 21, 2020

त्रिकोणात्मक सिरिजको लागि अमेरिकाको टोली घोषणा

एजेन्सी – अमेरिकाले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र ओमानसँग हुने एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि १४ सदस्य टोली घोषणा गरेको छ ।  माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि सोमबार सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरेको हो । अमेरिकाको टोली शुक्रबार भारत प्रस्थान गर्ने छ । अमेरिका […]

27 views

0 Bookmark

एजेन्सी – अमेरिकाले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र ओमानसँग हुने एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि १४ सदस्य टोली घोषणा गरेको छ । 

माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि सोमबार सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरेको हो । अमेरिकाको टोली शुक्रबार भारत प्रस्थान गर्ने छ ।

अमेरिका क्रिकेट बोर्डका अनुसार मुम्बई क्रिकेट एसोसिएसन-११ सँग तीन एक दिवसिय अभ्यास खेलेपछि नेपाल आउने छ । सचिन तेन्दुलर जिमखान मैदानमा हुने अभ्यास खेलको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र मुम्बई क्रिकेट बोर्डले स्वीकृती दिई सकेको अमेरिकाले जनाएको छ ।

अमेरिकाको घोषित टोलीमा दक्षिण अफ्रिकाबाट एक दिवसिय र टि ट्वान्टी आई खेलि सकेका तीब्र गतिका बलर रस्टी थेरन र वेस्ट इन्डिजका पुर्व ओपनर जेवियर मार्शल लगातका खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका तीब्र गतिका बलर अली खान भने अमेरिकाको टोलीमा छैनन् ।

अमेरिकाको टोलीः सौरभ नेत्रवलकर (कप्तान), स्टिभ टेलर, करिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, आरोन जोन्स, नास्तुश केन्जोगे, जेवियर मार्शल, मोनन्क पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टीभेन्सन र रस्टी थेरन ।

 

त्रिकोणात्मक सिरिजमा अमेरिकाको खेल तालिका

माघ २३ गते – अमेरिका विरुद्ध ओमान

माघ २५ गते  – नेपाल विरुद्ध अमेरिका

माघ २८ गते – अमेरिका विरुद्ध ओमान

माघ २९ गते – नेपालविरुद्ध अमेरिका

अमेरिका शीर्ष स्थानमा नेपाल बाहेक अन्य ६ टोलीले विश्वकप लिग २ अन्तर्गत दुई त्रिकोणात्मक सिरिज खेलि सक्दा अमेरिका शीर्ष स्थानमा छ । अमेरिका ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । ८ खेलमा ४ मा जित र ३ मा हार सहित स्कटल्यान्ड दोस्रो स्थानमा छ ।

८ खेलमा ४ मा जित र ३ मा हार सहित नामिबिया तेस्रो स्थानमा छ । ओमान ८ खेलमा ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । ८ खेलमा यएईले समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । पुछारमा रहेको पप्पुवा न्युगिनी ८ खेलमा ८ खेल हार्दै पुछारमा छ ।

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

Success

Thank you for your time.