default_image

4 years ago

January 21, 2020

धवनले न्युजिल्यान्डसँगको टि ट्वान्टी सिरिज गुमाउने

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर शिखर धवनले न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज गुमाउने भएका छन् । ओपनर शिखर धवनले काँधको चोटको कारण टि ट्वान्टी सिरिज गुमाउने भएका हुन् । अस्ट्रेलियासँगको तेस्रो एक दिवसिय खेलमा आइतबार धवन फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए । जसको कारण उनी ब्याटिङ गर्न आएका थिएनन् । धवनको स्थान युवा […]

18 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर शिखर धवनले न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज गुमाउने भएका छन् । ओपनर शिखर धवनले काँधको चोटको कारण टि ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।

अस्ट्रेलियासँगको तेस्रो एक दिवसिय खेलमा आइतबार धवन फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए । जसको कारण उनी ब्याटिङ गर्न आएका थिएनन् । धवनको स्थान युवा विकेटकिपर ब्याट्सम्यान सञ्जु स्यामसनले लिने उच्च संभावना छ ।

अस्ट्रेलियासँगको सुरुवाती दुबै खेलमा धवनले उत्कृष्ट प्रर्दशन गरेका थिए । धवनले पहिलो एक दिवसिय खेलमा ९१ बलमा ९ चौका र १ छक्का सहित ७४ रन जोडेका थिए । अस्ट्रेलियासँगको दोस्रो खेलमा धवनले ९० बलमा १३ चौका र १ छक्का सहित ९६ रनमा क्याच आउट हुन पुगेका थिए ।

उत्कृष्ट लयमा रहेका धवनले सिरिज गुमाउँदा भारतलाई केहि धक्का लाग्ने छ । भारतले न्युजिल्यान्डसँग ५ टि ट्वान्टी, ३ एक दिवसिय र २ टेष्ट खेल्ने छ । पहिलो टि ट्वान्टी खेल शुक्रबार हुने छ । दोस्रो टि ट्वान्टी खेल आईबार हुने छ । तेस्रो टि ट्वान्टी खेल माघ १५ मा हुने छ । चौथो माघ १७ र पाँचौ तथा अन्तिम खेल माघ १९ मा हुने छ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.