default_image

4 years ago

January 22, 2020

नेपाल आउने ओमान क्रिकेट टोलीको घोषणा

एजेन्सी – ओमानले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र अमेरिकासँग हुने एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि १४ सदस्यी टोलीको बुधबार घोषणा गरेको छ । माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि जिशान मकसूदको कप्तानीमा टोली घोषणा गरिएको हो । डिसेम्बरमा यूएई र नामिबियासँगको त्रिकोणात्मक सिरिज खेलेको टोलीलाई नै ओमानले […]

28 views

0 Bookmark

एजेन्सी – ओमानले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र अमेरिकासँग हुने एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि १४ सदस्यी टोलीको बुधबार घोषणा गरेको छ ।

माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि जिशान मकसूदको कप्तानीमा टोली घोषणा गरिएको हो ।

डिसेम्बरमा यूएई र नामिबियासँगको त्रिकोणात्मक सिरिज खेलेको टोलीलाई नै ओमानले निरन्तरता दिएको छ । नेपाली टोलीले भने २४ खेलाडी समावेश गर्दे पोखरामा बीच बन्द प्रशिक्षण गरि रहेको छ ।

नेपालले पनि केहि दिनमै आफ्नो अन्तिम १४ सदस्यीय टोली घोषणा गर्ने बताइएको छ । अमेरिकाले पनि यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरि सकेको छ ।

ओमान आईसीसी विश्वकप लिग २ मा चौथो स्थानमा छ । ओमान ८ खेलमा ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । २ खेलमा भने वर्षाका कारण नतिजा विहिन भएको थियो । अमेरिका ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ ।

८ खेलमा ४ मा जित र ३ मा हार सहित स्कटल्यान्ड दोस्रो स्थानमा छ । ८ खेलमा ४ मा जित र ३ मा हार सहित नामिबिया तेस्रो स्थानमा छ । ८ खेलमा यएईले समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । पुछारमा रहेको पप्पुवा न्युगिनी ८ खेलमा ८ खेल हार्दै पुछारमा छ । नेपालले कुनै खेल खेलेको छैन ।

त्रिकोणात्मक सिरिजको लागि ओमानको टोली – जीशान मकसूद (कप्तान), अकीब इलियास (उपकप्तान), जितेन्द्रर सिंह, खवर अली, सनुथ इब्राहिम, सुरज कुमार, मोहम्मद नसीम, सन्दीप गौड, मोहम्मद नदीम, जय ओडेदरा, बादल सिंह, अहमद बट, कलीमुल्लाह र बिलाल खान ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

Success

Thank you for your time.