default_image

4 years ago

January 23, 2020

चितवन प्रिमियर लिग अर्को साता सुरु हुने

विनोदबाबु रिजाल,भरतपुर सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघ (क्याक)को सह–आयोजनामा लीग हुन लागेको हो । नारायणगढस्थित क्याम्पाचौरमा यही माघ १७ गतेदेखि २५ गतेसम्म प्रतियोगिता हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले […]

34 views

0 Bookmark

विनोदबाबु रिजाल,भरतपुर

सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघ (क्याक)को सह–आयोजनामा लीग हुन लागेको हो । नारायणगढस्थित क्याम्पाचौरमा यही माघ १७ गतेदेखि २५ गतेसम्म प्रतियोगिता हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनले धेरै राष्ट्रिय खेलाडी जन्माएको भन्दै यसले युवा खेलाडीलाई थप मौका प्रदान गर्ने बताए । उनले क्रिकेट विकासकै लागि नारायणी एडभर्टाइजिङसँग सहकार्य गर्दै अघि बढेको बताए ।

यस्तै प्रतियोगिताको सहप्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रा.लिका प्रबन्ध निर्देशक यज्ञविलास (वाईबी) पौडेलले यस प्रतियोगिताले चितवनमा क्रिकेटको माहोल विकास गर्ने बताए । प्रतियोगिताको लीग चरणका केही खेलहरु निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको नमूना क्रिकेट खेल मैदानमा गर्ने तयारी गरिरहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा चितवनका पाँच वटा टिमको सहभागिता छ । जसमा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती ¥यापिड्स रहेका छन् । भरतपुरको मार्की प्लेयरमा संघर्ष पौडेल, माडीको मार्की प्लेयरमा किशोर महतो, इच्छाकामनाको मार्की प्लेयरमा दिपेश श्रेष्ठ, सौराहाको मार्की प्लेयरमा सन्तोष न्यौपाने र राप्तीको मार्की प्लेयरमा आकाश थापा छन् ।

यस प्रतियोगितामा सहभागी टिमहरुले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र उपविजेताले एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दी सिरिज, बेस्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ ।

यस्तै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दी म्याचको ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यावसायिक लीग एभरेष्ट प्रिमियर लीग (ईपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.