default_image

4 years ago

January 25, 2020

‘भारत पाकिस्तानमा नआए विश्वकप बहिस्कार गर्छौं’ – पीसीबी

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सेप्टेम्बरमा पाकिस्तानमा हुने टि ट्वान्टी एसिया कप प्रतियोगिता खेल्न भारत नआए आफु सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकप खेल्न नजाने बताएको छ । पीसीबीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वासिम खानले शनिबार  पत्रकार सम्मेलनमा यस्तो प्रतिकृया दिएका हुन् । ‘भारतीय टोली एसिया कपको लागि यदी पाकिस्तान आउदैन […]

49 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सेप्टेम्बरमा पाकिस्तानमा हुने टि ट्वान्टी एसिया कप प्रतियोगिता खेल्न भारत नआए आफु सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकप खेल्न नजाने बताएको छ । पीसीबीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वासिम खानले शनिबार  पत्रकार सम्मेलनमा यस्तो प्रतिकृया दिएका हुन् ।

‘भारतीय टोली एसिया कपको लागि यदी पाकिस्तान आउदैन भने हामी पनि २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकप खेल्न जादैनौं’, वासिमले भने । पाकिस्तान क्रिकेट बोर्डले एसिया कप आफुलेनै गर्ने जनाएको छ । पाकिस्तानले नगर्ने भए बंगलादेशले आफु गर्न तयार रहेको बताएको थियो । तर पाकिस्तानले एसियन क्रिकेट काउन्सिलले आफुलाई गर्न अधिकार दिएको हुँदा आफुलेनै गरेरै छाड्ने बताएको छ ।

पिसिबिले भारतसँगको चिसो सम्बन्धको कारण एसिया कप युएई र पाकिस्तान दुई ठाउँमा गर्न सक्ने जनाएको छ । पाकिस्तानले सन् २००९ मा श्रीलंका खेलाडी चडेको बसमा बम आक्रामक भएदेखि यूएईलाई घरेलु मैदान बनाउदै आएको थियो । राजनितीक बिग्रिदो सम्बन्धको कारण भारत र पाकिस्तानले सन् २००७ देखी होम अवे सिरिज खेलेका छैनन् ।

धेरैले सेप्टेम्बरमा सुरक्षाको कारण भारत पाकिस्तान नजान सक्ने बताउदै आएका छन् । नेपाललाई पनि एसिया कप खेल्ने अवसर छ । फागुनमा थाईल्यान्डमा हुने इस्टर्न रिजनमा नेपाल सहित भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्डबीच प्रतिस्पर्धा हुने छ । शीर्ष दुई टोली एसिया टि ट्वान्टी क्वालिफयारमा पुग्ने छन् ।

अगष्टमा मलेसियामा हुने एसिया टि ट्वान्टी क्वालिफयारमा विजेता बन्न सके नेपालले एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्न पाउने छ । सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि आईसीसीले टि ट्वान्टी वरियतामा १२ औं स्थानमा रहेको हुँदा नेपाललाई सिधैं ग्लोबल छनोटमा मौका दिएको छ ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.