default_image

4 years ago

February 2, 2020

सन्दीपले हरेक विकेटको ८ हजार ८ सय ४८ रंगशालालाई सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन् । सन्दीपले आइतबार सामजिक सञ्जाल मार्फत आफुले धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको उक्त रंगशालालाई हरेक विकेटको  ८ हजार ८ सय ४८ रुपैयाँका दरले सहयोग गर्ने छन् । सन्दीपले बुधबार देखी अमेरिका र ओमानसँग हुने एक […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन् ।

सन्दीपले आइतबार सामजिक सञ्जाल मार्फत आफुले धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको उक्त रंगशालालाई हरेक विकेटको  ८ हजार ८ सय ४८ रुपैयाँका दरले सहयोग गर्ने छन् । सन्दीपले बुधबार देखी अमेरिका र ओमानसँग हुने एक दिवसिय त्रिकोणात्मक सिरिजमा आफुले लिने १ विकेट वापत ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाली क्रिकेटको भविष्यको लागि पहिलो पटक सहयोग गर्न लागेको छु, आईसीसी विश्वकप लिग २ मा ओमान र अमेरिकासँगको खेलमा लिने प्रत्येक विकेट वापत ८ हजार ८ सय ४८ रुपैंयाँ गौतम बुद्ध रंगशालालाई सहयोग गर्ने घोषणा गर्दछु, सन्दीपले भनेका छन् । नेपाली क्रिकेटलाई समर्थन गर्न र धेरै विकेट लिनको लागि शुभकामना दिन उनले भनेका छन् ।

सन्दीप माघ २२ देखि २९ गते सम्म टियु क्रिकेट मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक ओडीआई सिरिजको लागि मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल आएका थिए ।

बिग ब्यासको लिग चरणको १४ खेल मध्य सन्दीपले १३ खेल खेलेका थिए । सन्दीपले सामान्य चोटका कारण एक खेलमा विश्राम गर्नु परेको थियो । सन्दीपले १३ खेलमा ४५ ओभर बलिङ गर्दै ३ सय ३५ रन खर्चेर १५ विकेट लिएका थिए ।

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

Success

Thank you for your time.