default_image

5 years ago

February 5, 2020

नेपाल विरुद्ध ओमान : सम्भावित प्लेइङ ११

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार पहिलो खेलमा बलियो टोली ओमानसँग खेल्दै छ । खेल बिहान ९ः३० बाट टियू क्रिकेट मैदानमा सुरु हुने छ ।

नेपालले वान डे मान्यता पाएको झण्डै दुई वर्षपछि घरेलु मैदानमा ओडीआईमा डेब्यू गर्न लागेको हो । साथै टीयू क्रिकेट मैदानले पनि ओडीआई मान्यता पाउने छ । आजको खेलमा नेपालले ब्याटिङलाई ध्यान दिदै आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्ने छ ।

बिहानको समयमा टीयूको पिचमा ब्याटिङ गर्न केहि कठिन मानिने हुँदा टसले ठूलो प्रभाव पार्ने छ । ओपनिङ पारस खड्का र ज्ञानेन्द्र मल्लले गर्ने छन् । ओडीआईमा पहिलो पटक यी दुईले ओपनिङ गर्न लागेका हुन् । यस अघि नेपालले ६ खेलमा तीन फरक जोडी मैदान उतारेको थियो ।

प्रमुख ब्याट्सम्यान पारस र ज्ञानेन्द्रबाट सुरुवाती दश ओभरमा राम्रो सुरुवातको आशा गरिएको छ । पहिलो पावर प्ले मा यी दुईको साझेदारी निकै महत्वपूर्ण हुने छ । पारसले ओपनिङ गर्दा तेस्रो नम्बरमा उप कप्तान दीपेन्द्र सिंह ऐरीको संभावना छ । ऐरी नेपाली ब्याटिङका खम्बा हुन् । सन् २०१७ मा आईसीसी विश्व च्याम्पियनसिप २०१५-१७ लिग अन्तर्गत दीपेन्द्रले केन्यासँगको दोस्रो खेलमा ६२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । दीपेन्द्रबाट सबैले त्यस्तै प्रर्दशनको आशा राखेका छन् । आरिफ शेख र शरद भेषावकरले चौथो र पाँचौ नम्बरमा ब्याटिङ गर्ने छन् ।

शरद, आरिफ र दीपेन्द्रनै मध्यक्रमका प्रमुख ब्याट्सम्यान हुन् । यी तीन खेलाडीको रनले नेपालको योगफल निर्धारण गर्ने छ । तल्लोक्रममा रोहित कुमार पौडेल र विनोद भण्डारी रहने छन् । रोहित र कुशल मध्य एकले मौका पाउने छन् । अनुभवको हिसाबमा रोहितको सम्भावना बलियो छ । करण केसी उत्कृष्ट फिनिसिङ गर्न सक्छन् । ‘स्लो’ पिचको कारण टोलीमा तीन स्पिनरको संभावना पनि छ । तर तीन स्पिनर मैदान उतार्दा नेपालको ब्याटिङ सन्तुल बिग्रीन्छ । तीन स्पिनर खेलाउँदा ६ ब्याट्सम्यानको साथ उत्रनु पर्ने हुँदा शीर्षक्रमका
नचलेको खण्डमा सस्तैमा समेटिने डर हुन्छ । जुन जोखिम नेपाल उठाउने छैन ।

स्पिनरमा सन्दीप लामिछानेको स्थान पक्का छ । सन्दीपलाई सुशन भारी र ललित नारायण राजवंशी मध्य एकले साथ दिने छन् । पछिल्लो समय घरेलु लिगको प्रर्दशन हेर्दा सुशनको सम्भावना बलियो छ । नेपालले दुई तीब्र गतिको बलर मैदान उतार्ने छ । तीब्र गतिका बलरका करणको जोडी अभिनाश बोहरा लगभग पक्का पक्कि नै छ । अभिनाश डेर्थ ओभर स्पेलिष्ट बलर हुन् । पछिल्लो एक वर्षमा निरन्तर उत्कृष्ट प्रर्दशन गरि रहेका अभिनाशले सोमपालको अभाव महसुस हुन नदिन हर प्रयास गर्ने छन् ।

टीयूको पिचमा तीन तीब्र गतिका बलरको सम्भावना नहुँदा पहिलो पटक सिनियर टोलीमा परेका कमल सिंह ऐरी आज बेन्चमा बस्ने छन् । सग्रमा नेपालले समान दुई स्पिनर र तीब्र गतिका बलर मैदान उतार्ने छ । नेपालले बाँकी दश ओभर पार्ट टाईम बलरबाट पुर्ति गर्ने छ । पार्टटाईम बलरमा पारस अग्र स्थानमा आउँदा, दीपेन्द्र, शरद, आरिफसँगै ज्ञानेन्द्र स्वयम आफै पनि विकल्प हुने छन् ।

आजको खेलमा टोलीमा बायाँ हाते अलराउन्डर कुशलको सम्भावना कम छ । कुशललाई मैदान उर्तादा नेपालले एक ब्याट्सम्यान वा स्पिनरलाई बेन्चमा राख्नुपर्छ । कुशल तल्लोक्रममा ब्याटिङ गर्ने हुँदा उनलाई मौका दिन रोहित वा शरदलाई बेन्चमा राख्नुपर्छ । तर टोलीले त्यो जोखिम लिने सम्भावना न्यून देखिन्छ । यता प्रमुख तीन स्पिनर मात्रै खेलाउदा टोलीमा सन्तुलनको कमी देखिन्छ ।

त्यसैले नेपाल ७ ब्याट्सम्यान र ४ प्रमुख बलरको साथ मैदान उत्रने सम्भावना देखिन्छ । नेपालले पहिला ब्याटिङ गरेको खण्डमा २ सय ५० भन्दा माथिको योगफल बनाउन सके जित आफ्नो पक्ष्यमा पार्ने छ । अन्यथा बलियो ओमानसँग निकै कठिन हुने देखिन्छ ।

सम्भावित प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने

सम्भावित बेन्च :

कुशल मल्ल, ललित नारायण राजवंशी र कमल सिंह ऐरी

December 11, 2024

काठमाडौंसँग पराजित हुदै लुम्बिनी लिगबाट बाहिरियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]

December 11, 2024

लुम्बिनी सामू चलेन काठमाडौंकाे ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]

December 11, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा […]

Success

Thank you for your time.