default_image

4 years ago

February 5, 2020

पारस र ज्ञानेन्द्र दुवै आउट

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले प्रस्तुत गरेको मध्यम लक्ष्य पक्ष्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले सुरुवाती पाँच ओभरमै ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवाती ५ ओभरमा ४ रन जोड्न दुबै ओपनर गुमाएको […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले प्रस्तुत गरेको मध्यम लक्ष्य पक्ष्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले सुरुवाती पाँच ओभरमै ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको छ ।

ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवाती ५ ओभरमा ४ रन जोड्न दुबै ओपनर गुमाएको छ । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ र पारस खड्का ३ रनमा क्याच आउट भएका छन् । कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा कप्तान ज्ञानेन्द्र मोहम्मद नदीमबाट क्याच हुन पुगे ।

त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भएका छन् । पहिलो ओभरका ओमानका तीब्र गतिका बलर बिलाल खानले मेडन राखे । बिलालको सबै बल पारसले डटको सामना गरे ।

दोस्रो ओभरका कप्तान ज्ञानेन्द्र मल्लले ट बलनै डट खेले । बिलाल खानले तेस्रो ओभरमा चार रन खर्चिएका थिए । एक दिवसिय खेलमा पारस र ज्ञानेन्द्रले पहिलो पटक ओपनिङ गरेका हुन् । क्रिजमा शरद भेषवाकर र दीपेन्द्र सिंह ऐरी छन् ।

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

Success

Thank you for your time.