default_image

6 years ago

May 6, 2020

रुविनाको रफ्तार

267 views

0 Bookmark

प्रकाश तिमल्सिना,काठमाडौं

लामो समय देखि राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानी गर्दै आएकी रुविना क्षत्रीको भावी योजना प्रष्ट छ । क्रिकेटलाई आफ्नो जीवन मान्ने उनीले सकुन्जेल खेल्ने र त्यसपछि पनि क्रिकेटमै सक्रिय हुने लक्ष्य राखेकी छिन् । तर, रुविनलाई क्रिकेट राजनीतिमा भने कुनै चासो छैन । उनी प्रष्ट छिन् नेपाल क्रिकेट संघ (क्यान) को राजनीतिमा जाने कुनै योजना छैन ।

‘क्रिकेटमै केहि गर्छु भन्ने सोचेको छु । आफ्नै ठाँउमा एउटा एकेडेमी खोलेर खेलाडी उत्पादनमा लाग्ने सोचेको छु’, झापा काक्करभित्ताकी उनले योजना सुनाइन्, ‘क्यानको ध्यान जान नसकेको ठाउँमा सहयोग गर्ने, स्कलरसिपमा नै खेलाडी प्रमोट गर्न चाहन्छु । खेलाडीको क्षमता खेर जान दिनु हुँदैन ।’

भविष्यमा खेलाडी उत्पादमा लाग्ने सोच बनाएकी रुविना अहिले भने क्लब क्रिकेटको खेलका लागि समय समयमा टोली लिएर भारतका विभिन्न ठाँउको यात्रामा निस्किने गरेकी छिन् ।

‘अफ पिरियडमा जति खेलाडीलाई इन्गेज गर्न सकिन्छ त्यो राम्रो हो भन्ने लाग्छ । कप्तानको हिसाबले पनि मैले सोच्छु । हाम्रो देशमा नियमित क्रिकेटको वातावरण पनि छैन ‘, उनले थपिन्, ‘त्यसैले हामी मिलन क्रिकेट क्लव (एमसीसी) को माध्यमबाट नयाँ खेलाडी लगिरहेको हुन्छौं । कतिपय खेलाडीलाई भारतमा प्रतियोगिता खेल्न लिएर जान्छु ।’

भारतमा जाँदा जाँदा सबैले चिन्न थालिसके सुनाउँदा उत्सहित हुँदै रुविना भन्छिन्, ‘हामी विदेशमा जाँदा राष्ट्रको नाम जोडेको हुन्छ भनेर मैले सम्झाइ रहन्छु । त्यहाँको प्रदेशको टोलीपनि बलियो हुन्छ त्यसैले हामीले मेहनत गर्नुपर्छ । खेलाडीको आत्मविश्वास बढेको देख्दा खुसी लाग्छ । म्याच नै नखेली क्याम्पमा राम्रो प्रर्दशन गर्न सकिन्न । नयाँ खेलाडीलाई एक्पोजरको एकदम खाँचो छ ।’

मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रुविनाको कप्तानीमा नेपालले कास्य पदक जितेको थियो । पहिलो सहभागितामा पदक जित्दा खुसी लागेको सुनाउँदै उनले भनिन्, ‘सागमा कास्य जित्दा हामीले धेरै मेहनत गरेका थियौं । सबैभन्दा धेरै मेहनत यो समयमा नै गरेका थियौ । हाम्रो मेहनत अनुसार अझ राम्रो हुन सक्थ्यो तर त्यस्तो हुन सकेन नतिजा त्यस्तो नआएपनि सबैलाई जान्न पायौं । नतिजा जस्तो आएपनि केही कमजोरीहरु छन् । त्यसलाई आगामी दिनमा सुधार गर्नुपर्छ ।’

रुविनाले महिला क्रिकेटमा पहिलो भन्दा राम्रो काम भइरहेको र फ्रेन्चाइज क्रिकेटको सुरुवातले सबै उत्साहित भएको सुनाइन् । क्यानले महिला टोली खेलाडीलाई पारिश्रमिकको सुरुवात गर्नाले नयाँ पुस्तामा सकारात्मक सन्देश गएको उनको ठम्माई छ ।

‘अब नयाँ पुस्तालाई यो क्षेत्रमा आउँ भन्न सक्ने अवस्थामा बल्ल आइपुगेका छौं । पहिलाका धेरै खेलाडी विदेशिएका छन्’ , उनले भनिन्, ‘तर हामी केही यस्ता खेलाडीहरु छौ जसले केही गर्नपर्छ भनेर लागेका थियौं । त्यही भएर नयाँ पुस्तालाई आउ भन्न सक्ने वातावरण बनेको छ ।’

वमन्स क्रिकेट लिग (डब्लूसिएल) फ्रेन्चाइज लिग खेल्दा एकदम डर लागेको अनुभव रुविनसँग छ । ‘त्यति डर आजसम्म क्रिकेट खेल्ने बेलामा लागेको थिएन । डब्लुसिएलले गर्दा सागमा पनि हामीलाई सहयोग पुग्यो । यसले मास र मिडियाको अगाडि खेल्न सहयोग गर्यो । यो क्रिकेटपछि महिला खेलाडीलाइ हेर्ने नजर पनि बदलिएको छ’, डब्लूसिएलमा उत्कृष्ट खेलाडी चुनिएकी उनले भनिन्, ‘धेरै खेलाडी चिनाउने अवसर पनि मिल्यो त्यो । त्यो लिगले गर्दा मलाई व्यक्तिगत रुपमा पनि धेरै सिक्ने मौका पनि दियो । अन्य खेलाडीहरु पनि खुसी थिए ।’

डब्लुसिएलका कारण नयाँ खेलाडी पनि देखिएको जनाउँदै उनले त्यो प्रतियोगिताले महिलाको क्रिकेट लिग पनि राम्रो हुने सन्देश दिएका छ । तर, त्यो प्रतियोगिता नयाँ खेलाडी उत्पादनका लागि भने पर्याप्त नहुने उनले बताइन् ।

‘सबै जिल्लामा ट्यालेन्ट हन्ट गरेर जिल्लामा अन्तर स्कुल प्रतियोगिता गर्नुपर्छ या प्रदेशस्तरमा पनि प्रतियोगिात गर्न जरुरी छ । यो महिला क्रिकेटले पिकअप लिने बेला पनि हो । क्यानले खेलाडी खोज्न सक्न पर्छ कति ठाउँमा खेलाडी छन्’, उनले जोड दिदै भनिन्, ‘जो बाहिर आउन सकेका छैनन् । राष्ट्रिय टोली सिनियर खेलाडीले मात्रै धानिरहेका छन् । तर पहिला भन्दा धेरै खेलाडी क्रिकेटमा आएका छन् । मलाई म्यासेज पनि गरिरहेका हुन्छन् । यो सकारात्मक पक्ष हो ।’

क्रिकेटमा नयाँ पुस्ताको आकर्षण बढ्न र अविभावकले आफ्नो सन्तानलाई क्रिकेटमा जना दिनका लागि राष्ट्रिय टोलीको नजिताले निकै अवसर पर्ने उनले बताइन् । ‘हामीले नतिजा नदिदा सम्म युवाले पढ्दैनन्, हेर्देनन् पनि त्यसैले नतिजा महत्वपुर्ण हो नतिजा विना केही सम्भव छैन । सबै खेलाडीले पनि इनिसियसन लिन सक्नुपर्छ क्यानको भर परेर मात्र हुन्न ।’

दशक भन्दा लामो समय देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेकी रुविनाको अबको सपना भनेको टोलीलाई विश्वकप छनोट सम्म पुर्याउने हो । ‘कतिले क्रिकेट तेरो लागि के हो भनेर सोध्छन्, म भन्छु, मेरो लागि जिन्दगी हो । टोलीलाई विश्व कपको छनोटसम्म पुर्याएपछि बल्ल मेरो सास रोकिन्छ होला ।’

सबैको सपना राष्ट्रिय टोलीको पर्ने हुने भएपनि अहिले एकदम चुनौतीपूर्ण रहेको रुविना सुनाउछिन् । ‘जति प्रतिस्पर्धा भयो त्यति नै राम्रो खेलाडीहरु आउछन् । महिला क्रिकेट र खेलाडीलाई विश्वास गर्नुहुन्छ भने अबको १ वर्षमा विश्वकप छनोट खेल्न सक्ने वातावरण बनाउँछु भनेर सोचेको छु’, उनले भनिन्, ‘मैले खेले देखिकै सपना विश्वकप छनोट हो । थाइल्याण्डले गर्न सक्छ भने हामीले पनि गर्नसक्छौ भन्ने उदाहरण पनि हो । लगानी भने गर्नुपर्छ सोच क्लियर राख्नपर्दछ ।’

रुविना खेलाडीको जीवनमा पनि उतारचढाव स्वभाविक मान्छिन् । ‘आलोचना र प्रशंसा पनि खेलाडीको जीवनको अभिन्न पाटो लाग्छ उनलाई । कुनैकुनै बेला क्रिकेट छोडु झै लाग्छ फेरि म एउटा लिडरले नै त्यस्तो सोच्यो भने अन्रुले के सोच्लान भन्ने हुन्छ । त्यो सोच आउँदा नयाँ खेलाडीको माया लागेर आउँछ’, उनले भनिन्, ‘अन्य खेलाडीको बारेमा पनि सोच्छु । हामी नै निराश भयौं भने नयाँ खेलाडीले के सोच्छन् । यो क्षेत्रमा आउन चाहेनका लागि ढुक्क हुन सक्दैनन् ।’

प्रशिक्षकका हकमा पनि रुविना स्वदेशीमै बढी विश्वास देखाउँछिन् । ‘हामीलाई विदेशी प्रशिक्षकलेभन्दा स्वदेशी प्रशिक्षक नै ठिक हुन्छ । हाम्रो प्रशिक्षकले ले जति बुझ्नुहुन्छ त्यो विदेशी प्रशिक्षकले बुझ्न गाह्रो छ’, उनले थपिन्, ‘टोलीलाई कसरी गाइड गर्ने भनेर सोच्नुपर्छ। हाम्रा प्रशिक्षकहरुसँग क्षमता छ जसले महिला टोलीलाई विजय यात्रामा लान सक्छन् ।’

एक ओभरमा ५ विकेट

११ वर्ष अघि रुविनाले महिला क्रिकेटमा कीर्तिमान राखेकी थिइन् । उनले सिंगापुरविरुद्धको खेलमा एक ओभरमा ५ विकेट लिदै बनाउको त्यो कीर्तिमान् अहिले पनि कायम छ । ‘उनीहरुलाई जितका लागि २ रनको आवश्यकता थियो,’ उनले सम्झिइन्, ‘त्यो बेला कप्तान रितु कनौजियाले मलाई बल बल थमाइदिनु भयो । के गर्ने गर्ने भन्ने भएको थियो । त्यो बेलामा सबै बल आँखा चिम्लेर फालेको थिए । एकै ओभरमा ५ विकेट लिए । त्यो क्षण बिर्सिन सकिन्न । अन्ततः हामीले खेल जित्यौं ।’

तर, सिंगापुर जानुअघि उनले मानसिक रुपमा उनले निकै तनाब खेप्नु परेको नमिठो अनुभव छ । ‘त्यो समयमा मेरो पार्सपोर्ट नभएर क्यानले एक हप्ता पर्खनुपरेको थियो । त्यो समयमा बाबा हुनुहुन्थेन मम्मीको माइतबाट पासपोर्ट नबन्दा क्रिकेट छोडु जस्तो लागेको थियो । त्यो बेलामा एक जनाले सहयोग गर्नुभएको थियो । मसँगै मम्मी पनि रुनुहुन्थ्यो । मेरो छोरीको सपना पुरा हुने भएन भनेर । ट्यालेन्ट भएको र देशको लागि खेल्ने खेलाडीलाई डकुमेन्टको लागि रोक्न हुदैन भन्ने लाग्छ ।’

‘जुन सिडियोले पासपोर्ट बनाउन आनाकानी गर्नु भएको थियो सिंगापुरबाट फर्केपछि मम्मीसँग उहाँलाई भेट्न गए । पछि तीनै सिडियोले यस्तो छोरीलाई जन्माउने आमा खै आमा खै भने । मैले जे भोगे त्यो कुनै खेलाडीले भोग्नु नपरोस् । मेरो जिवनको कुनै क्षण थियो जसलाई पार गर्नुपर्ने थियो सायद त्यो नभएको भए म रुविना क्षेत्री हुने थिइन पनि होला ।’

उनले आफ्नो लागि परिवारनै सबै थोक रहेको बताइन् ।  उनले भनिन् ‘यो यात्रा निकै थकाइपुर्ण छ । कतिपटक नतिजा ल्याउन सकिन जितेर आउँदा होस् वा हारेर आउँदा माया पाइरहे । परिवारको साथले गर्दा यहाँसम्म छु मेरो ब्याकबोन नै परिवार हो।

रुविनासँगको भिडियो अन्तर्वार्ता :

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.