default_image

4 years ago

May 10, 2020

महिला टोलीलाई महिला प्रशिक्षक नै उत्तम

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलाडीले मैदानमा राम्रो प्रर्दशन गर्न मानसिक, शारिरीक फिटसँगै प्रशिक्षकलाई सबै समस्या र कमजोरी बताउन सक्नुपर्छ । अन्यथा खेलको क्रममा उक्त खेलाडीको कमजोरी नै नतिजामा निर्णायक हुन सक्छ । राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको १३ वर्ष पुगेको छ । पहिलो सहभागितामा नै फाइनल यात्रा तय गरेको नेपालले हालसम्म […]

39 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कुनैपनि खेलाडीले मैदानमा राम्रो प्रर्दशन गर्न मानसिक, शारिरीक फिटसँगै प्रशिक्षकलाई सबै समस्या र कमजोरी बताउन सक्नुपर्छ । अन्यथा खेलको क्रममा उक्त खेलाडीको कमजोरी नै नतिजामा निर्णायक हुन सक्छ ।

राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको १३ वर्ष पुगेको छ । पहिलो सहभागितामा नै फाइनल यात्रा तय गरेको नेपालले हालसम्म उपविजेताभन्दा माथि उठ्न सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा नेपालले उपाधि जितेको छैन । यसले नेपाली महिला टोलीको स्तर, लगानी, संरचना, ब्यवस्थापन देखी सबै कुरा प्रष्ट देखिन्छ ।

महिला खेलाडीले वर्षमा एक भन्दा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता कमै मात्र खेल्न पाउँछन् । महिला टोलीको लागि अन्तर्राष्ट्रिय प्रतियोगिता चाडपर्व जस्तै हो । नियमित तलब छैन । घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितानै पनि निकै कम हुन्छन् । तर पनि महिला खेलाडी दिनरात मिहिनेत गर्दै आएका छन् । खेलप्रतिको लगाव र देशप्रतिको मायाले निरन्तर क्रिकेट खेलेका छन् ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पुरुष होस् वा महिला टोली धेरैको प्रर्दशन प्रायः कमजोर हुन्छ । तर सन् २००७ मा नेपाली महिला टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा एसिसी वुमन्स प्रतियोगिताको फाइनल सम्मको यात्रा गरेका थिए । फाइनलमा बंगलादेशसँग पराजित भएपनि अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला टोलीको सम्भावना ठुलो रहेको देखाएको थियो ।

त्यसै प्रदर्शनलाई आधार मान्दै नेपालबाट पुरुषले भन्दा पहिला महिला टोलीले विश्वकप खेल्ने धेरैले अनुमान गरेका थिए । तर महिला क्रिकेटमा लगानीका साथ अघि बढ्न नसक्दा स्तर बढ्नुको सट्टा जहाँको त्यहिनै छ । गतवर्ष नेपालले थाईल्यान्डसँग आइसिसी महिला एसिया विश्वकप छनोटको फाइनलमा पराजित हुँदै विश्वकप खेल्ने अवसर गुमाएको थियो । नेपाललाई हराएको थाइल्याण्डले यसै वर्ष विश्वकप खेलेर आफ्नो चिनारी विश्वमाझ प्रस्तुत गर्यो ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक तीन श्रेणी ( ए,बी र सी ) मा राखेर १८ महिला खेलाडीलाई पारिश्रमिक दिने तयारी गरिरहेको छ । क्यानको यस कदमले महिला क्रिकेट विकासमा केहि सहयोग पक्कै पुग्ने छ । तर महिला क्रिकेट विकासको लागि पारिश्रमिक मात्र प्राप्त देखिदैन । क्यानले पारिश्रमिकसँगै घरेलु प्रतियोगिता, संरचना, लगानी, व्यवस्थापन लगायत धेरै पक्षमा सुधार गर्न आवश्यक देखिन्छ ।

नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकको रुपमा हालसम्म जंगबहादुर थापामगर, जमील अहमद अन्सारी, स्यामसन जंग, राजु बस्नेत, विनोद दास, जगत टमटाले जिम्मेवारी सम्हालेका छन् । राजेश पोखरेल १३ औं सागमा सहायक प्रशिक्षकक रुपमा थिए । तर प्रमुख महिला प्रशिक्षक अहिले सम्म छैनन् । १३ वर्षको अन्तर्राष्ट्रिय यात्रामा गत वर्षमात्रै नेपाली महिला क्रिकेट टोलीको व्यवस्थापकका रुपमा पुर्व कप्तान निरा राजोपाध्याय रहेकी थिइन् ।

निराले गत वर्ष थाईल्यान्डमा भएको आइसिसी महिला एसिया विश्वकप छनोट र मंसिरमा नेपालमा भएको १३ औं सागमा महिला टोलीको व्यवस्थापनमा काम गरिन् । उनले एसिसी लेभल २ कोच कोर्ष पूरा गरेकी छिन् । अर्कोतर्फ कुनै पनि प्रशिक्षकले टोलीलाई लामो समय हेरेका छैन् । प्रायः प्रतियोगिता अनुसार फरक प्रशिक्षक रहँदै आएका छन् । लगातार परिवर्तन प्रशिक्षकको कारण खेलाडी झनै दोधारमा छन् ।

महिला खेलाडीलाई पुरुषसँग सिक्न र प्रशिक्षण लिन केहि कुराहरुमा कठिन हुन्छ । महिलाहरु पुरुषका अगाडी सबै कुरा खुलेर गर्न सक्दैनन् । बोल्न कठिन मान्छन् । केहि संवेदनशिल पक्ष हुन्छ जसमा खेलाडी खुल्न हिच्किचाउने हुन्छ । यस्ता पक्षले प्रभाव पार्ने देखिन्छ ।

महिला प्रशिक्षकको आवश्यकता बारे राष्ट्रिय महिला क्रिकेट टोलीकी पुर्व कप्तान ऋतु कनोजिया भन्छिन्, ‘छोरी मान्छे भएपछि महिनामा एक पटक समस्या हुन्छनै हुन्छ । महिनावारी मात्र होइन धेरै समस्याहरु हुन्छन् । सबै कुरा पुरुषलाई भन्न सकिदैन, जति महिलालाई भन्न सकिन्छ । त्यसको असर प्रर्दशनमा पर्छ नै, ‘त्यसैमा उनले थपिन्, ‘अझ निरन्तर प्रशिक्षक परिवर्तन हुँदा कस्ले सिकाएको कुरा सिक्नेमानै अन्यौल हुन्छ ।’

१३ औं दक्षिण एसियाली खेलकुद(साग) मा महिला क्रिकेट टोली सम्हालेका प्रशिक्षक जगत टमाटा पनि महिला प्रशिक्षक निकै आवश्यक पर्ने बताउँछन् । ‘यो धेरै राम्रो कुरा हो । केटिहरुको धेरै कुरा आन्तरिक हुन्छ । उनीहरु धेरै कुरा पुरुषलाई भन्न सक्दैनन् । हाम्रो केटिहरु विदेशी खेलाडी जस्तो छैनन् । एउटा संस्कारमा हुर्केर आएका छन् । धेरै कुरा लुकाउँछन्’, टमाटाले भने ।

त्यसैमा उनले थपे, ‘उनीहरुले महिला प्रशिक्षकसँग सबै कुरा खुलेर गर्न सक्छन् । फिजियो र ट्रेनर पनि महिला नै हुँदा धेरै राम्रो हुन्छ । कुरा लुकाउँदा प्रर्दशनमा असर पर्छनै । प्रशिक्षकलाई महिनावारीको भएको थाहा हुँदैन । अनि प्रशिक्षकले सबै खेलाडीलाई एकै सम्झेर अभ्यासमा लोड दिन्छ । उनीहरुले दुखाइ र पिडा सहेर भएपनि कोचले दिएको काम त पुरा गर्छन् । तर त्यसले खेलाडीको प्रर्दशनमा गिरावट आउनुको साथै घाइते हुने सम्भावना बढी हुन्छ । त्यसको असर टोली र नतिजामा पर्छ । महिला प्रशिक्षक आवश्यक पर्छ ।’

प्रशिक्षक टमाटा महिला खेलाडीमा चाडैं विश्वकप खेल्न सक्ने क्षमता रहेको बताउँछन् । ‘महिला क्रिकेट टोलीले घरमा काम गर्नुपर्ने हुन्छ । बढी गाली  गर्न पनि भएन । रुन थाल्छन् । घरेलु प्रतियोगिता छैन । डब्लुसिएल खेलेर राम्रो भयो । तीन चार वटा राम्रो घरेलु प्रतियोगिता हुनुपर्छ । केटिहरुमा विश्वकप खेल्ने जोश, जागँर र क्षमता छ । भएर मात्र भएन त्यहि किसिमले काम पनि गर्नपर्छ,’टमाटाले भने ।

क्यानले महिला प्रशिक्षकलाई नै महिला टोली जिम्मा दिने योजना र सोच नबनाएको पनि होइन । तर नेपालमा त्यो स्तरका प्रशिक्षक नहुँदा र विदेशबाट ल्याउन नसक्दा सम्भव हुन सकेन । ‘महिला क्रिकेट विकासको लागि हामी गम्भीर छौं । पहिलो चरणमा महिला खेलाडीलाई तलब दिने निर्णय गरेका छौं । तत्काल बाहिरबाट महिला प्रशिक्षक ल्याउने अवस्था छैन । हामीसँग महिलालाई नै जिम्मा लगाउने त्यो क्षमताको प्रशिक्षक छैनन् । विदेशबाट महिला प्रशिक्षक ल्याउने सोच र योजना छ, केहि समय लाग्छ’, क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने ।

‘विदेशी महिला प्रशिक्षक ल्याउँदा पारिश्रमिक धेरै दिनुपर्ने हुन्छ । क्रमिक रुपमा अघि बढेका छौं । विदेशी महिला प्रशिक्षक ढिलो चाडो भने ल्याउँछौं’, प्याकुरेलले भने ।

राष्ट्रिय टोलीकी कप्तान कप्तान रुविना क्षेत्री बेलबासेले पनि महिला प्रशिक्षक ल्याउन प्रयास गरेकी थिइन् । तर सम्भव हुन सकेन । विदेशी पुरुष प्रशिक्षक भने आवश्यक नरहेको रुविनाको बुझाई छ । ‘जो अहिले हामीसँग उपलब्ध प्रशिक्षक हुनुन्छ, उहाँ नेपालको उत्कृष्ट प्रशिक्षक हो । तर महिला प्रशिक्षक भए जस्तो हुँदैन । हामीले महिला प्रशिक्षक ल्याउनलाई प्रयास पनि गरेको हो । तर नेपालमा त्यो स्तरको प्रशिक्षक छैनन्’, रुविनाले भनिन् ।

‘धेरै जना खेलाडीलाई लाग्न सक्छ महिला प्रशिक्षक भएमा म गोप्य कुरा पनि भन्न सक्छु । यो त्यो गर्न सक्छु भन्ने हुन सक्छ होला । केटाहरुलाई अभ्यास गराउने शैलीमा गर्दा केटिहरुमा समस्या आउन सक्छ । विदेशी महिला प्रशिक्षक धेरै आवश्यक छ । तर विदेशी पुरुष प्रशिक्षकको भने कुनै आवश्यक छैन, किनभने हामीसँगै पुरुष उत्कृष्ट प्रशिक्षक उपलब्ध हुनुहुन्छ’, रुविनाले भनिन् ।

‘निरन्तर प्रशिक्षक परिवर्तन हुँदा त्यसको असर खेलाडीको प्रर्दशनमा परेको छ । एउटा प्रतियोगितामा एउटा कुरा सिकाउनु हुन्छ । फेरि अर्को प्रतियोगितामा अर्को प्रशिक्षक आएर अर्कौ सिकाउनुहुन्छ । जसले गर्दा खेलाडी अलमलमा पर्छन् । आफैंलाई चिन्न गाह्रो हुन्छ । कम्तीमा दुई तीन वर्ष एउटै प्रशिक्षकलाई जिम्मा दिने हो भने बल्ल सजिलो हुन्छ । हामीलाई त प्रतियोगिताको बन्द प्रशिक्षणमा गएपछि मात्र कुन प्रशिक्षक हो भन्ने थाहा हुन्छ,’ त्यसैमा रुविनाले थपिन्, ‘अब पनि महिला क्रिकेटबारे नसोच्ने हो भने आगमी दिनमा खेलाडी खोज्न नै गाह्रो हुनेछ ।’

सहायक प्रशिक्षक निरा राजोपाध्यायले महिला प्रशिक्षक निकै महत्त्वपूर्ण रहेको बताउँछिन् । ‘पहिला हामी खेल्दा केटि भनेको खेलाडी मात्रै हुन्थे । म्यानेजर र प्रशिक्षक अरु सबै पुरुषनै हुन्थे । केहि समस्या परेमा भन्नलाई निकै कठिन पथ्र्यो । युवा खेलाडी अझ धेरै गाह्रो मान्छन् । भन्नै सक्दैनन् । गाली गर्यो भने रुन थाल्छन् । सबै समस्या पुरुषलाई भन्न सक्दैनन् । कम्तिमा साहयक महिला प्रशिक्षक वा म्यानेजर भएपनि धेरै सहज हुन्छ । अझ महिला क्रिकेट टोलीको लागि क्यानले महिलाको भिन्दै समिति बनाएर जिम्मा दिए झनै राम्रो हुने थियो, ‘निराले भनिन् ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला क्रिकेटको सम्भावना पुरुषको भन्दा बढी देखिन्छ । सम्भावना भएर मात्र पुग्दैन । त्यसै अनुसार लगानी र व्यवस्थापनका साथ अघि बढ्न आवश्यक देखिन्छ । क्यानले समयमै बुझ्न र त्यसैअनुसार अघि बढ्न आवश्यक देखिन्छ । नतिजाको हिसाबमा अन्तर्राष्ट्रिय स्तरमा पनि सम्भावना देखिएको छ । अझै एक्सपोजर र प्रशिक्षण पाउने हो भने विश्वकपको यात्रा धेरै टाढा देखिन्न ।

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

Success

Thank you for your time.