default_image

4 years ago

May 23, 2020

‘रोहितलाई टि२० कप्तान बनाउनुपर्छ’

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मालाई टि२० आई क्रिकेट टोलीको कप्तान बनाउनु पर्ने पुर्व तीव्र गतिका बलर अतुल वासनले बताएका छन् । भारतीय तीनै शैलीको कप्तानी विराट कोहलीले गर्दै आएका छन् । रोहित टि२० आई र ओडिआईको उपकप्तान समेत हुन् । विराटको अनुपस्थितिमा रोहितले ओडिआई र टि२० आई दुवैमा भारतीय क्रिकेट टोलीको कप्तानी […]

39 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मालाई टि२० आई क्रिकेट टोलीको कप्तान बनाउनु पर्ने पुर्व तीव्र गतिका बलर अतुल वासनले बताएका छन् ।

भारतीय तीनै शैलीको कप्तानी विराट कोहलीले गर्दै आएका छन् । रोहित टि२० आई र ओडिआईको उपकप्तान समेत हुन् । विराटको अनुपस्थितिमा रोहितले ओडिआई र टि२० आई दुवैमा भारतीय क्रिकेट टोलीको कप्तानी गरिसकेका छन् ।

‘मेरो विचारमा भारतले तीनै शैलीको कप्तानी विराटलाई दिनु हुँदैन । कम्तिमा एक शैलीमा फरक कप्तान हुनुपर्छ । विराट तीनै शैलीको कप्तानी गर्न चाहन्छन् । तर तीनै शैली एकै कप्तानले सम्हाल्दा दबाब बढी हुन्छ । रोहितले कप्तानीमा आफुलाई प्रमाणित गरिसकेका छन् । त्यसैले विराटलाई दबाब कम गर्न रोहितलाई टि२० टोलीको कप्तान बनाउनुपर्छ’, वासनले भनेका छन् ।

‘टेष्टसँगै आगामी एकदिवसिय विश्वकपसम्म कप्तानी विराटलाईनै दिनुपर्छ । रोहितको टि२० आईमा रेकर्ड उत्कृष्ट छ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोहितले आफुलाई प्रमाणित गरि सकेका छन्’, उनले भने ।

मुम्बई इन्डियन्सले रोहितको कप्तानीमा आइपिएलको उपाधि चार पटक जितेको छ । विराटको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर भने हाल सम्म उपाधिविहीन छ । रोहितको कप्तानीमा भारतले सन् २०१८ को एसिया कप तथा निदादास  ट्रफी जितेको थियो ।

रोहितले १० ओडिआई खेलमा कप्तानी गर्दा ८ मा जित दिलाएका छन् । १९ टि२० आई खेलमा १५ खेलमा जित दिलाएका छन् । वर्तमान क्रिकेटका उत्कृष्ट ओपनर रोहित विराट पछिका भारतीय क्रिकेट टोलीका कप्तानका सर्वाधिक बलिया दाबेदार खेलाडी पर्दछन् ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.