default_image

4 years ago

October 6, 2020

राजस्थानविरुद्ध मुम्बई पहिलो ब्याटिङमा

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टालीमा परिवर्तन गरेको छैन । यता राजस्थानले टोलीमा तीन परिवर्तन गरेको छ । युवा तीव्र गतिका […]

26 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टालीमा परिवर्तन गरेको छैन । यता राजस्थानले टोलीमा तीन परिवर्तन गरेको छ । युवा तीव्र गतिका बलर कार्तिक त्यागीलाई आजको खेलमा डेब्यु गराएको छ ।

यशस्वी जैसवाल र अंकित राजपूतले पनि टोलीमा पुनरागमन गरेका छन् । राजस्थानले आज रोविन उथाप्पा, रियान पराग र जयदेव उनादकटलाई बेन्चमा राखेको छ । त्यागीलाई उनादकटको स्थानमा मौका दिएको हो । जैसवाललाई उथप्पा र अंकितलाई रियानको स्थानमा मौका दिएको हो ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्सँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । किंग्स इलेभेन पन्जाबलाई ४८ रन र सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको थियो ।

यता राजस्थानले पहिलो खेलमा चेन्नईलाई १६ रन र दोस्रोमा पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो । तर कोलकातासँग ३७ रन र बेंगलोरसँग ८ विकेटले पराजित हुन पुग्यो ।

मुम्बईको प्लेइङ ११ – रोहित शर्मा (कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिनसन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।

राजस्थानको प्लेइङ ११ – जस बटलर, यशस्वी जैसवाल, स्टिभ स्मिथ, सन्जु स्यामसन, महिपाल लामरोर, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, टम करन, श्रेयस गोपाल र अंकित राजपुत ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.