default_image

4 years ago

October 12, 2020

डी भिलियर्सको चम्कँदा बेंगलोरको बलियो योगफल

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान एवी डि भिलियर्सको आक्रामक उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्सलाई १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । बेंगलोरलाई बलियो लक्ष्यमा […]

37 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान एवी डि भिलियर्सको आक्रामक उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्सलाई १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । बेंगलोरलाई बलियो लक्ष्यमा पुर्याउन एवी डिभिलियर्स ३३ बलमा ५ चौका र ६ छक्का सहित ७३ रनमा अविजित रहे । कप्तान विराट कोहली २८ बलमा १ चौका सहित ३३ रनमा अविजित रहे ।

कोहली र डी भिलियर्सले तेस्रो विकेटका लागि ४७ बलमा १ सय रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि बेंगलोरले बलियो योगफल तयार पारेको हो । बेंगलोरले अन्तिम पाँच ओभरमा कुनै विकेट नगुमाई ८३ रन जोड्न सफल भयो ।

बेंगलोरलाई पहिलो विकेटका लागि ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ७.४ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । आन्द्रे रसेलले पाडिक्कललाई ३२ रनमा बोल्ड आउट गरे । पाडिक्कलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको दोस्रो बलमा युवा तीव्र गतिका बलर प्रसिद्ध कृष्णले फिन्चलाई ४७ रनमा बोल्ड आउट गरे । फिन्चले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

आन्द्रे रसेलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.