default_image

4 years ago

October 13, 2020

दिल्लीलाई अर्को झट्का

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अर्को झट्का लागेको छ । तीव्र गतिका बलर इशान्त शर्मा पेटमा चोटका कारण आइपिएलका बाँकी सबै खेल गुमाउने भएका छन् । जारी आइपिएलमा दिल्लीबाट चोटका कारण बाहिरिने इशान्त दोस्रो खेलाडी हुन् । यस अघिनै औंलामा चोटका कारण अनुभवी लेग स्पिनर अमित मिश्रा पनि बाहिरि सकेका छन् […]

60 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अर्को झट्का लागेको छ ।

तीव्र गतिका बलर इशान्त शर्मा पेटमा चोटका कारण आइपिएलका बाँकी सबै खेल गुमाउने भएका छन् । जारी आइपिएलमा दिल्लीबाट चोटका कारण बाहिरिने इशान्त दोस्रो खेलाडी हुन् । यस अघिनै औंलामा चोटका कारण अनुभवी लेग स्पिनर अमित मिश्रा पनि बाहिरि सकेका छन् ।

इशान्तले जारी आइपिएलमा सनराइजर्स हैदराबादविरुद्ध खेलेका थिए । उक्त खेलमा इशान्तले ३ ओभरमा २६ रन खर्चेका थिए । दिल्लीसँग भारतीय तीव्र गतिका बलरमा हर्षल पटेल पछिल्लो चार खेलमा लगातार खेलेका छन् । मोहित शर्मा र आवेश खानले एक एक खेल खेलेका छन् । तुषारदेश पान्डे पनि तीव्र गतिका बलर हुन् ।

विदेशी तीव्र गतिका बलरमा कागिसो रबाडा, एनरिच नोर्टजे, ड्यानियल साम रहँदा अलराउन्डरमा मार्कस स्टोइनिस र किमो पल छन् । दिल्लीले भारतीय तीव्र गतिका बलर कमजोर हुँदा दुई विदेशी तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्टजेलाई खेलाउँदै आएको छ । रबाडाले १७ र नोर्टजेले ८ विकेट लिएका छन् । हर्षल पटेलले ४ खेलमा ३ विकेट लिएका छन् ।

दिल्लीको तीन खेलमा आवेश खान, मोहित शर्मा र इशान्त शर्माले एक एक खेलेका थिए । जसमा मोहितले एक विकेट लिदा अन्य विकेट विहिन बनेका थिए । विकेटकिपर ऋषभ पन्त पनि एक हप्ताको लागि चोटको कारण बाहिरिएका छन् ।

दिल्ली ७ खेलमा ५ मा जित र २ मा हार सहित अंक तालिकामा दोस्रो स्थानमा छ । दिल्लीले अव बुधबार राजस्थान रोयल्ससँग खेल्ने छ । मिश्रा, शर्मा पछि सनराइजर्स हैदराबादका भुवनेश्वर कुमार र मिचेल मार्श पनि चोटको कारण आइपिएलबाट बाहिरिएका छन् ।

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

Success

Thank you for your time.