default_image

3 years ago

October 24, 2020

दिल्लीलाई कोलकाताको बलियो लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन नितेश राणा र अलराउन्डर सुनिल नारायणले […]

45 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन नितेश राणा र अलराउन्डर सुनिल नारायणले शतकीय साझेदारी गरेका थिए । उत्कृष्ट ब्याटिङ गरेका नितेशले ५३ बलमा १३ चौका र १ छक्का सहित ८१ रनको योगदान दिए ।

नारायणले ३२ बलमा ६ चौका र ४ छक्का सहित ६४ रनको योगदान दिए । चौथो विकेटका लागि नितेश र सुनिलले १ सय १५ रनको शतकीय साझेदारी गरेपछि कमजोर सुरुवातको बाबजुद उत्कृष्ट पूनरागमन गर्दै कोलकाताले बलियो योगफल तयार पारेको हो ।

तीव्र गतिका बलर एनरिच नोर्कियाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर सुभमन गिललाई अक्षर पटेलबाट ९ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । नोर्कियाले छैटौं ओभरको चौथो बलमा राहुल त्रिपाठीलाई १३ रनमा बोल्ड आउट गर्दै दोस्रो सफलता दिलाए । आठौं ओभरको दोस्रो बलमा कागिसो रबाडाले पन्तबाट दीनेश कार्तिकलाई तीन रनमा क्याच आउट गराएपछि कोलकाता ४२–३ को कमजोर अवस्थामा पुगेको थियो ।

तर चौथो विकेटका लागि सुनिल नारायण र नितेश राणाले उत्कृष्ट साझेदारी गरेपछि कोलकाताले दिल्लीसामु बलियो लक्ष्य प्रस्तुत गरेको हो । यी दुईबीचको साझेदारी रबाडाले १७ औं ओभरको चौथो बलमा अजिंक्या रहाणेबाट नारायणलाई क्याच गराउँदै तोड्न पुगेका थिए । ठूलो सट खेलेका नारायण स्क्वायर लेग बाउन्ड्री नजिक समातिन पुगेका थिए ।

नितेशलाई अन्तिम ओभरको पाँचौ बलमा मार्कस स्टोइनिसले तुषार देशपान्डेबाट क्याच आउट गराएका थिए । नितिशले अर्धशतक प्रहार गरेपछि शुक्रबार ज्यान गुमाएका आफ्ना ससुरा सुरिन्दरको नाम अंकित जर्सी देखाउँदै उनलाई समपर्ण गरेका थिए । अन्तिम बलमा ठूलो सट खेलेका कप्तान ओईन मोर्गन ९ बलमा २ चौका र १ छक्का सहित १७ रनमा रबाडाबाट क्याच आउट हुन पुगे ।

एनरिच नोर्कियाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट हात पारे ।

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि हङकङ विरुद्ध भिड्दै छ । खेल नेपाली समय अनुसार ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एशिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

Success

Thank you for your time.