default_image

3 years ago

October 27, 2020

क्रिकेटर सुवासलाई पुत्र लाभ

काठमाडौं (हाम्रो खेलकुद ) – राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलको जोडीलाई पुत्र लाभ भएको छ । सोमबार बिहान काठमाडौं मोडल अस्पताल बागबजारमा सुवासकी श्रीमती बन्दना बज्राचार्यले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवै स्वास्थ रहेको र आजनै अस्पतालबाट घर फर्किने तयारी गरिरहेको सुवासले हाम्रो खेलकुदलाई जानकारी […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलको जोडीलाई पुत्र लाभ भएको छ ।

सोमबार बिहान काठमाडौं मोडल अस्पताल बागबजारमा सुवासकी श्रीमती बन्दना बज्राचार्यले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवै स्वास्थ रहेको र आजनै अस्पतालबाट घर फर्किने तयारी गरिरहेको सुवासले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

सुवास र बन्दना २०७४ बैशाखमा विवाह बन्धनमा बाँधिएका थिए । सुवासले पछिल्लो पटक नेपाली राष्ट्रिय टोलीबाट गतवर्ष माघमा नेपालमा भएको आइसिसी विश्वकप लिग–२ अन्तरगत ओमान र अमेरिकासँग एक दिवसिय त्रिकोणात्मक सिरिजमा खेलेका थिए ।

पछिल्लो समय चोटसँग संघर्ष गरेका सुवास सन् २०१४ को टि२० विश्वकपमा अफगानिस्तानमाथि ऐतिहासिक जित निकाल्नेक्रममा महत्वपूर्ण अर्धशतक प्रहार गरेका थिए । उनी विश्वकपमा अर्धशतक प्रहार गर्ने नेपालका एकमात्र खेलाडी हुन् । सन् २०११ मा हङकङविरुद्ध नेपालका लागि डेब्यू गरेका सुवास पछिल्लो केहि बर्षयता चोटका कारण टोलीमा स्थान बनाउन संघर्ष गर्दै आएका छन् । उनी एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.