default_image

3 years ago

November 10, 2020

रबाडा दुर्लभ कीर्तिमान नजिक

एजेन्सी – दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० का नयाँ इतिहास नजिक छन् । फाइनल खेलमा मंगलबार राती दक्षिण अफ्रिकी रबाडाले चार विकेट लिन सकेको खण्डमा दुर्लभ कीर्तिमान आइपिएलमा रच्ने छन् । डेथ ओभर स्पेलिष्ट रबाडाले जारी सिजनमा १६ खेलमा २९ विकेट लिएका छन् । रबाडाले आजको खेलमा चार […]

54 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० का नयाँ इतिहास नजिक छन् ।

फाइनल खेलमा मंगलबार राती दक्षिण अफ्रिकी रबाडाले चार विकेट लिन सकेको खण्डमा दुर्लभ कीर्तिमान आइपिएलमा रच्ने छन् । डेथ ओभर स्पेलिष्ट रबाडाले जारी सिजनमा १६ खेलमा २९ विकेट लिएका छन् । रबाडाले आजको खेलमा चार विकेट लिन सकेको खण्डमा कुल ३३ विकेट लिने छन् । जुन आइपिएल इतिहासमा एकै सिजनमा एक खेलाडीले लिएको सर्वाधिक विकेट संख्या हुनेछ ।

आइपिएलमा एकै संस्करणमा सर्वाधिक विकेट लिने कीर्तिमान चेन्नई सुपर किंग्सका अलराउन्डर ड्वेन ब्राभोको नाममा छ । वेस्टइन्डिजका ब्राभोले सन् २०१३ को आइपिएलमा १८ खेलमा कुल ३२ विकेट लिएका थिए ।

रबाडापछि एकै सिजनमा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी श्रीलंका तथा मुम्बई इन्डियका तीव्र गतिका बलर लासिथ मलिङ्गाको नाममा छ । मलिङ्गाले सन् २०११ को आइपिएलमा मुम्बईबाट १६ खेलमा २८ विकेट लिएका थिए । अष्ट्रेलिया जेम्स फाल्कनरले सन् २०१३ को आइपिएलमा राजस्थान रोयल्सबाट १६ खेलमा २८ विकेट लिएका थिए ।

जस्प्रित बुमराहले जारी आइपिएलमा २७ विकेट लिइसकेका छन् । बुमराह र रबाडाबीचको प्रर्दशनले आज पर्पल क्यापको निर्धारण गर्ने छ । हालसम्म रबाडाले २ विकेट लिदै पर्पल क्पाप आफ्ना नाममा बनाउन बलियो अग्रता लिएका छन् । फाइनलमा उच्च प्रर्दशन गर्दा पर्पल क्याप जित्नुको साथै कीर्तिमान पनि रोज्ने अवसर रबाडा सामु रहेको छ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.