default_image

3 years ago

January 15, 2021

कलिलो अर्जुनको ‘परिपक्व’ सिनियर डेब्यू

भुपेन्द्र जिसी, काठमाडौं गण्डकी प्रदेशले प्रधानमन्त्री कपको पहिलो खेलमा आर्मीविरुद्ध ९८ रनको हार बेहोर्यो । जितका लागि २ सय ८८ रनको लक्ष्य पाएको गण्डकी ४९ औं ओभरमा १ सय ८९ रन जोड्दै अलआउट भयो । खेलमा आर्मीका कप्तान विनोद भण्डारीले शतक प्रहार गर्दै जित दिलाए, म्यान अफ द म्याच पनि भए, तर गण्डकीका अर्जुन कुमालको प्रदर्शनले […]

80 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

गण्डकी प्रदेशले प्रधानमन्त्री कपको पहिलो खेलमा आर्मीविरुद्ध ९८ रनको हार बेहोर्यो । जितका लागि २ सय ८८ रनको लक्ष्य पाएको गण्डकी ४९ औं ओभरमा १ सय ८९ रन जोड्दै अलआउट भयो । खेलमा आर्मीका कप्तान विनोद भण्डारीले शतक प्रहार गर्दै जित दिलाए, म्यान अफ द म्याच पनि भए, तर गण्डकीका अर्जुन कुमालको प्रदर्शनले भने सबैको मन जित्यो ।

बिग ब्यास खेल्न अष्ट्रेलिया पुगेका सन्दीप लामिछानेले अर्जुनको प्रशंसा गर्दै ट्वीट नै गरे । १५ वर्षीय अर्जुनले राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा नै आफ्नो प्रभाव छाडे । उमेर समूह क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेपछि उनको सिनियर डेब्यु कस्तो हुन्छ भन्ने कौतुहलता थियो, त्यसमा उनी खरो उत्रिए ।

गत महिना दाङमा भएको महिला प्रधानमन्त्री कपमा गण्डकीबाट नै १३ वर्षीय ज्योत्स्निका मरासिनीले डेब्यु गर्दै प्रभाव जमाएकी थिइन् । बलिङमा विकेट लिएकी उनले ब्याटबाट पनि कौशल देखाएकी थिइन् । अन्य खेलाडीको तुलनामा १३ वर्षको उमेरमा उनीबाट प्रभाव भन्दापनि सम्भावना बढी देखिएको थियो । अर्जुनको पक्षमा भने उनको प्रदर्शन अनुभवी खेलाडी जस्तै थियो । उनलाई सामान्य रुपमा हेर्दा वर्षौं क्रिकेट खेलिरहेका खेलाडी झैं लाग्थ्यो ।

अपेक्षा अनुसार प्रर्दशन गरेका अर्जुन अर्धशतक नजिक पुगेर आउट भए । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता भएको आर्मीविरुद्ध उनले संयमित प्रदर्शन गरे । ५४ बलको इनिङमा उनले ६ चौका प्रहार गरे । तीव्र गतिका बलर जितेन्द्र मुखिया, आकाश चन्द र विक्रम सोबविरुद्ध उनको सट छनोट प्रशंसनीय थियो ।

डेढ वर्षअघि टियू मैदानबाटै यू१६ प्रतियोगिता खेल्दै नेपाली क्रिकेटमा भित्रिएका अर्जुनले सिनियर क्रिकेटमा पनि राम्रो छाप छोडेका छन् । गण्डकीले दीपेश खत्रीका साथ अर्जुनलाई ओपनिङ पठाएको थियो । आर्मीविरुद्ध उनको धैर्यता र आत्माविश्वास कुनै परिपक्व खेलाडीको भन्दा कम थिएन । मध्यगतिका बलर रोहित कुमार पौडेलको बलमा उनी सट खेल्नेक्रममा जितेन्द्र मुखियाबाट क्याच आउट हुन पुगेपछि अर्ध शतक बनाउन चुकेका थिए ।

अर्जुनले आफैंले हतारमा ब्याट चलाउँदा आउट हुन पुगेको स्वीकारे । ‘राम्रो लागिरहेको छ । डेब्यू खेलमा राम्रो ब्याटिङ गरे । तर ब्याट चलाउन अलि हतार गर्दा आउट हुन पुगे’, खेलपछि अर्जुनले भने ।

‘५० ओभर पूरै खेल्दै रन बनाउने सोचका साथ क्रिजमा प्रवेश गरेको थिए । बाँकी तीन खेल छन् । मौका पाएका सबै खेलमा धेरे भन्दा धेरै योगदान दिने प्रयास गर्नेछु,’ उनले भने, ‘जब मैले पहिलो चौका प्रहार गरे त्यसपछि आत्माविश्वास झनै बढ्यो । आफ्नो सट छनोट गरेर खेल्न कुनै समस्या भएन ।’ अर्जुनले पाँचौं ओभरको चौथो बलमा तीव्र गतिका बलर बिक्रम सोवलाई पहिलो चौका प्रहार गरेका थिए ।

अर्जुनको लक्ष्य यस प्रतियोगिताको प्रदर्शनको आधारमा यू१९ टोलीमा पर्नेछ । उमेरले १५ वर्ष पुगेका उनी यू१६ को अर्को प्रतियोगिता खेल्न पनि योग्य छन् । ‘यस प्रतियोगितामा राम्रो खेल्दै यू१९ खेल्ने सपना राखेको छु । यू१९ हुँदै नेपालको सिनियर टोलीबाट खेल्ने सपना छ,’ उनले सुनाए, ‘यस्तै ठूलो प्रतियोगितामा रन बनाउन सकिन्छ भने माथि जान सक्छु । एक वर्ष अघि यू१६ खेल्दा र अहिले आफैंले फरक थाहा पाउँछु । आजको खेलले आत्माविश्वास झनै बढेको छ ।’

अर्जुनको क्रिकेट यात्रा

अर्जुनले सन् २०१९ अप्रिलमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन यू१६ प्रतियोगिता खेलेका थिए । उक्त प्रतियोगितामा म्यानमारविरुद्ध १५ बलमा ४ चौका प्रहार सहित २६ रनमा अविजित रहेपछि कुमालको चर्चा थप चुलियो । दोस्रो खेलमा मलेसियाविरुद्ध ४७ बलको सामना गरि १ चौका सहित १६ रन जोडे । बाँकी खेलमा भने उनले मौका पाएनन् ।

१३ वर्षको उमेरमा नै यू–१६ प्रतियोगितामा प्रभाव पार्नु प्रशंसनीय थियो । नेपाल च्याम्पियन बनेर फर्किएको थियो । इस्टर्न रिजन छनोट खेल्नुअघि उनले टियुमा २०७५ चैतमा भएको यू-१६ क्रिकेट लिग खेल्दै सबैलाई प्रभावित पारेको थिए । यू१६ लिग राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मदन भण्डारी स्पोर्ट्स फाउन्डेसन आयोजनाको जिम्मेवारी दिएको थियो ।

१३ वर्षकै उमेरमा उक्त प्रतियोगिता गण्डकीबाट खेल्दै उनले आफ्नो क्षमता प्रभाव छाड्न कुनै समय लगाएका थिएनन् । दुई साता अघि सम्पन्न गण्डकी छनोटमा कास्कीबाट खेल्दै अर्जुन प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । अर्जुनले ३ खेलमा १ सय ४२ रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यान चुनिएपछि राष्ट्रिय प्रतियोगितामा उनको स्थान गण्डकीमा पक्का बनेको थियो । उनले छोटो समयमै मौका पाएका खेलमा एकपछि अर्को प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

भारतमा बस्ने उनी नेपालमा प्रतियोगिता भएको समयमा क्रिकेट खेल्न आउने गर्दछन् । नेपाली क्रिकेटमा देखिएको डेढ वर्ष हुँदा उनले एकपछि अर्को खेलमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
यू१६ लिगमा समूह चरणको पहिलो खेलमा अर्जुनले प्रदेश ३ विरुद्ध ५३ बलमा ५ चौकासहित ३८ रन जोेडेका थिए । दोस्रो खेलमा प्रदेश ६ विरुद्ध ७५ बलको सामना गर्दै ११ चौकासहित ६१ रन बनाए । उक्त खेलमा प्रदेश ६ का प्रकाश जैसी म्यान अफ द म्याच भएपनि उनले आफ्नो अवार्ड अर्जुनलाई सुम्पिएका थिए ।

दर्शकहरुलाई आफ्नो खेलले लोभ्याएका अर्जुनले विपक्षी टोलीलाई पनि आफ्नो खेलप्रति आकर्षित तुल्याएका थिए । समूहको अर्को खेलमा प्रदेश ५ विरुद्ध पनि उनले ६० बलको सामना गर्दै ३ चौका सहित २३ रन जोडे । उनको टोली समूह चरणबाट बाहिरिएपनि उनले प्रतियोगिताको उदीयमान खेलाडीको अवार्ड जितेका थिए ।

थाइल्याण्डमा आयोजना भएको यू–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटको रुपमा हेरिएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि अर्जुनले प्रारम्भिक छनोट हुँदै अन्तिम टोलीमा स्थान बनाएका थिए । तत्कालिन राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले पनि उनको प्रर्दशनलाई लिएर एक कार्यक्रममा खुलेर प्रशंसा गरेका थिए । ‘उनको खेल्ने शैली अहिलेको अवस्थामा नै उच्च स्तरको छ, आउने दिनमा शाररिक बनावटसँगै उनले खेललाई पनि परिस्कृत गर्ने अपेक्षा गर्न सकिन्छ’, टमाटाले त्यसक्रममा भनेका थिए ।

यू–१६ टोली नेपाल फर्केपछि मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा यू१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट प्रतिनिधत्व गर्दै अर्जुनले उत्कृष्ट प्रर्दशन गरेका थिए । टियूमै भएको उक्त प्रतियोगिताका कर्णाली प्रदेशविरुद्ध ५४ बलमा पाँच चौका प्रहार गर्दै ४९ रनमा अविजित रहेपछि गण्डकी प्रतियोगितामा जितविहिन हुनबाट जोगिएको थियो । उक्त खेलमा उनि म्यान अफ द म्याच चुनिए । तर अन्य खेलाडीको प्रर्दशन राम्रो हुन नसक्दा गण्डकी अघिल्लो चरणमा प्रवेश गर्न सकेको थिएन ।

अर्जुनको जन्म भारतको नयाँ दिल्लीमा बुबा मेघ बहादुर कुमाल र आमा मनिषा कुमालबाट भएको हो । जन्मेदेखि नै भारतमा हुर्केका कुमाल सुरुवातमा राम्रोसँग नेपाली भाषा बोल्न जान्दैनथे, अहिले भने बानी परेको छ । उनको स्थायी घर भने गुल्मी हो ।

गतवर्ष यू–१६ छनोटमा सहभागी हुन भनेरै दिल्लीबाट पोखरा आएका थिए । कुमालले क्रिकेट प्रशिक्षण लिन थालेको ७ वर्ष भएको बताए । ‘७ वर्ष अघिबाट क्रिकेट सिक्न थालेको हुँ । ७–८ वर्षको हुँदा पापा (बुवा) ले मलाई क्रिकेट सिकाउन लानु भएको हो । मैले सानै देखी बालभवन इन्टरनेशनल स्कुल द्वारिकाबाट क्रिकेट सिके,’ अर्जुनले भने ।

कुमाल र नेपाली यू–१६ टोलीका कप्तान विशाल विक्रम केसीले एउटै स्कुलबाट क्रिकेट सिकेका हुन् । उनका वुवा दिल्लीको एक हस्पिटलमा काम गर्नुको साथै चश्मा पसल रहेको बताउछन् । गुल्मीमा उनका हजुर बुवा र हजुर आमा छन् ।

अर्जुनले हाल नयाँ दिल्लीको १२ सेक्टर स्थित बाल भवन इन्टरनेशन स्कुलमा पढ्ने र क्रिकेट सिक्ने गर्दछन् । विकेटकिपरको जिम्मेवारी समेत सम्हाल्ने कुमालले सिनियर क्रिकेटमा गरेको आशालाग्दो सुरुवातले उनीमाथिको अपेक्षा झनै बढेको छ ।

यो पनि : टिनएज नपुग्दै राष्ट्रिय क्रिकेटर बनेकी ज्योत्स्निका

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

Success

Thank you for your time.