default_image

3 years ago

January 18, 2021

विशालको ह्याट्रिकमा प्रदेश एकको लज्जास्पद ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर विशाल पौडेलको ह्याट्रिक र सुबास भण्डारीको घातक बलिङमा चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रदेश एकले गण्डकी प्रदेशलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एक २७.४ ओभरमा १ सय २ रनमा अल आउट भयो । प्रदेश […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर विशाल पौडेलको ह्याट्रिक र सुबास भण्डारीको घातक बलिङमा चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रदेश एकले गण्डकी प्रदेशलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एक २७.४ ओभरमा १ सय २ रनमा अल आउट भयो । प्रदेश एकका ओपनर मिनास थापाले २२, सिद्धान्त लोहनी २४, दीपक पासवान ११, शुवन्कर उराउ १२ र दीपेश कंडेल १० रनमा आउट भए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

स्पिनर विशालले २८ औं ओभरको दोस्रो बलमा राजन मगरलाई राहुल उपाध्यायबाट ४ रनमा क्याच गराए । तेस्रो बलमा मनोज तामाङ र चौथो बलमा हेमन्त राईलाई शून्यमा एलबिडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । कप्तान विपिन खत्री र सुबास भण्डारीले शीर्ष र मध्यक्रम धरासय बनाएका थिए । प्रदेश एकका सबै विकेट स्पिनरले लिएका हुन् ।

युवा स्पिनर विशाल पौडेलले ६.४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । अर्का युवा स्पिनर सुबास भण्डारीले ७ ओभरमा ४ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । कप्तान विपिन खत्रीले १० ओभरमा २ मेडन सहित ३४ रन खर्चेर २ विकेट लिए ।

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

Success

Thank you for your time.