default_image

3 years ago

January 21, 2021

छक्काको वर्षासँगै पवनको नयाँ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर पवन सरार्फले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा १३ बलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका छन् । नेपाल पुलिस क्लबबाट पवनले लुम्बिनी प्रदेशविरुद्ध १३ बलमै अर्ध शतक प्रहार गर्दै नेपाली राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरेका छन् । पवनले विष्फोटक अन्त्य गर्दा […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर पवन सरार्फले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा १३ बलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका छन् ।

नेपाल पुलिस क्लबबाट पवनले लुम्बिनी प्रदेशविरुद्ध १३ बलमै अर्ध शतक प्रहार गर्दै नेपाली राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरेका छन् । पवनले विष्फोटक अन्त्य गर्दा टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १० रन बनायो । पवन १३ बलमा ६ छक्का र १ चौका सहित ५० रनमा अविजित रहे ।

पवन ब्याटिङको लागि ४८ औं ओभरमा आएका थिए । ४८ औं ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरी ८५ रनमा क्याच आउट भएपछि पवनलाई पुलिसले ब्याटिङको लागि मैदान पठाएको थियो । उक्त समय पुलिस २५४–४ को अवस्थामा थियो ।

सौरभ खनाललाई अन्तिम बलमा चौका प्रहार गरेका थिए । ४९ औं ओभरमा पवनले बिक्रम भुषाललाई तेस्रो र पाँचौं बलमा छक्का प्रहार गरेका थिए । अन्तिम बलमा एक रन लिँदै स्ट्राइक आफैंमा राखे । ४९ ओभरको समाप्तिमा पवन ७ बलमा २२ रनमा अविजित थिए । अन्तिम ओभरमा सौरभलाई सुरुवाती तीन ओभरमा लगातार तीन छक्का प्रहार गरे ।

चौथो बलमा ठूलो सट खेलेका पवनलाई डिप मिडविकेटमा देव खनालले ४० रनमा क्याच छोड्दै जीवनदान दिएका थिए । त्यसपछि दुई बलमा पवनले २–२ रन बटुले । अन्तिम बलमा एक्स्ट्रा कभरमा छक्का प्रहार गर्दै इनिङ अन्त्य गर्नुको साथैं १३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

Success

Thank you for your time.