5 years ago
January 21, 2021
भुपेन्द्र जिसी, काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर पवन सरार्फले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बिहिबार नेपाल पुलिस क्लबबाट लुम्बिनी प्रदेशविरुद्ध १३ बलमै अर्धशतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरे । तर उनी आफैंलाई यो कीर्तिमानबारे ब्याटिङ सकेर ड्रेसिङ रुम पसेपछि मात्र थाहा भयो ।

लुम्बिनीविरुद्ध आक्रामक ब्याटिङ गर्दै पवन नेपालको राष्ट्रिय क्रिकेट प्रतियोगिता इतिहासमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । पवन ४८ औं ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरी ८५ रनमा क्याच आउट भएपछि मैदान छिरेका थिए । उनी क्रिजमा आउँदा टोलीले ४ विकेटको क्षतिमा २ सय ५४ रन जोडिसकेको थियो । बाँकी रहेको अन्तिम १६ बलमा उनले सकेसम्म धेरै रन जोड्नु थियो ।
ब्याटिङ गर्दा उनी पवनले कुनै समय अर्धशतकबारे नसोचेको बताए । ‘अर्धशतक बन्छ भन्ने एक मनले पनि सोचेको थिइनँ । जति सक्यो टोलीलाई धेरै रन बनाउछु भनेर मैदान पसेको थिएँ । त्यसैअनुसार ब्याटिङ गरे । १३ बलमा अर्धशतक पूरा गरेछु भन्ने पनि ड्रेसिङ रुममै आएपछि थाहा पाएँ’, पवनले भने ।
खेलपछि पवनले आफ्नो राष्ट्रिय प्रतियोगितामा पहिलो अर्धशतक पनि भएको हुँदा खुसी लागेको बताए । ‘तीन सय रन पुर्याउने टोलीको लक्ष्य थियो । बीचमा अलिकति रनगति ढिलो भयो । त्यसैले राम्रो अन्त्य आवश्यक थियो,’ अलराउन्डर पवनले भने, ‘मैले टोलीको योजना अनुसार मलाई दिइएको भूमिकामा खेलें । यो मेरो करिअरकै सर्वाधिक आक्रामक इनिङ थियो । यससँगै राष्ट्रिय प्रतियोगितामा पनि पहिलो अर्धशतक प्रहार गर्न सकें, खुसी छु ।’

‘अन्तिम ओभरमा छक्का र चौका हान्ने सोचमा थिएँ । पुलिसमा ब्याटिङमा गहिराई छ । जसले मौका पाउँछ उसले प्रमाणित गर्ने हो’, पवनले भने,’ सुरुवाती ३० ओभरमा एक सय रन वरपर मात्र पुगेका थियौं । ड्रेसिङ रुममा विकेट नगएको हुँदा आक्रामक रुपमा रन जोड्नुपर्छ भन्ने योजना थियो र त्यसै अनुसार राम्रो अन्त्य गर्न सक्यौं ।’
पछिल्लो दुई वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहँदै आएका पवनको ब्याटिङ क्रममा स्थानमा भने स्पष्ट छैन । उनले ओपनिङ देखि ७ नम्बरसँग सबै स्थानमा ब्याटिङ गर्दै आएका छन् । यसबारे पवन आफैं पनि प्रष्ट छैनन् । ‘मैले राष्ट्रिय टोलीमा कहाँ खेल्ने भन्ने निश्चित छैन । जहाँ मौका पाएँ त्यहाँ प्रर्दशन गर्न तयार छु । टोलीको योजनामा मेरो के भूमिका हुन्छ, त्यसमा मेरो शत प्रतिशत ध्यान हुनेछ,’ उनले थपे ।
पवनले विष्फोटक अन्त्य गर्दा टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १० रन बनायो । पवन १३ बलमा ६ छक्का र १ चौका सहित ५० रनमा अविजित रहे ।

पवनले ४८ औं ओभरको अन्तिम बलमा सौरभ खनाललाई चौका प्रहार गरेका थिए । ४९ औं ओभरमा पवनले विक्रम भुषाललाई तेस्रो र पाँचौ बलमा छक्का प्रहार गरेका थिए । अन्तिम बलमा एक रन लिँदै स्ट्राइक आफैंसँग राखे । ४९ औं ओभरको सकिँदा पवन ७ बलमा २२ रन जोड्दै क्रिजमा थिए । अन्तिम ओभरमा सौरभलाई सुरुवाती तीन बलमा लगातार तीन छक्का प्रहार गरे ।
चौथो बलमा ठूलो सट खेलेका पवनलाई डिप मिडविकेटमा देव खनालले ४० रनमा क्याच छोड्दै जीवनदान दिएका थिए । त्यसपछि दुई बलमा पवनले २–२ रन बटुले । अन्तिम बलमा एक्स्ट्रा कभरमा छक्का प्रहार गर्दै इनिङ अन्त्य गर्नुको साथैं १३ बलमा अर्धशतक प्रहार गरेका थिए ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]