default_image

3 years ago

January 28, 2021

आर्मीविरुद्ध बागमतीको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले २५ ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनाएको छ । विनोद भण्डारी ३ र राजेश पुलामी १३ रनमा अविजित छन् । बागमतीलाई युवा […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले २५ ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनाएको छ । विनोद भण्डारी ३ र राजेश पुलामी १३ रनमा अविजित छन् । बागमतीलाई युवा तीव्र गतिका बलर गौतम केसीले चौथो ओभरमा दुई विकेट लिदै राम्रो सुरुवात दिलाएका थिए । गौतमले तेस्रो बलमा ओपनर अनिल मण्डललाई २ रनमा बोल्ड आउट गरे ।

एक बलपछि रोहित कुमार पौडेल पनि शून्यमा बोल्ड आउट भएपछि ५–२ को अवस्थामा पुगेको थियो । रोहित ब्याटको किनरामा लाग्दै बोल्ड आउट हुन पुगेका थिए । गौतमकै अर्को ओभरमा हरि चौहान कट बिहाइन्ड भएपछि आर्मी दयनीय अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि लोकेश बम र भिम सार्कीले ५६ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । लोकेशलाई १९ औं ओभरको दोस्रो बलमा नन्दन यादवले पृथु बास्कोटाबाट २३ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए ।

लोकेशले ३० बलमा २ चौका र १ छक्का सहित २३ रनको योगदान दिए । तिलकले २२ औं ओभरको तेस्रो बलमा भिम सार्कीलाई ४० रनमा विकेटकिपर आकाश थापाबाट क्याच गराउँदै बागमतीलाई पुनः खेलमा फर्काएका छन् । भिमले ६१ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि लोकेशले ब्यक्तिगत १६ रनमा जीवनदान पाउँदा आर्मी नौं ओभरमा ३६–३ को कमजोर अवस्थामा थियो । नन्दन यादवको नवौं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका उनलाई ईशान पान्डेले डीप मिडविकेटमा क्याच छोड्दै जीवनदान दिएका थिए ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.