default_image

3 years ago

January 28, 2021

टि१० लिगमा सोमपालले पहिलो खेलमै खेल्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरव इमिरेट्स (यूएई) मा आजदेखी चौथो संस्करणको टि१० लिग सुरु हुँदैछ । पहिलो खेलमा मराठा अरेवियन्स र नर्थन वारियर्ससँग खेल्दै छन् । खेल नेपाली समय अनुसार ५:४५ मा सुरु हुनेछ । मराठामा सोमपालको बलियो सम्भावना छ । पाकिस्तानका अनुभवी ब्याट्सम्यान सोएब मलिकले कप्तानी गर्ने छन् । सोमपालको टोलीमा तीव्र गतिका […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरव इमिरेट्स (यूएई) मा आजदेखी चौथो संस्करणको टि१० लिग सुरु हुँदैछ । पहिलो खेलमा मराठा अरेवियन्स र नर्थन वारियर्ससँग खेल्दै छन् । खेल नेपाली समय अनुसार ५:४५ मा सुरु हुनेछ ।

मराठामा सोमपालको बलियो सम्भावना छ । पाकिस्तानका अनुभवी ब्याट्सम्यान सोएब मलिकले कप्तानी गर्ने छन् । सोमपालको टोलीमा तीव्र गतिका बलरमा विश्वचर्चित खेलाडीको कमी हुँदा खेल्ने सम्भावना छ । मराठाले तीव्र गतिका बलरमा सोमपाल र बंगलादेशका तस्किन अहमदले गर्ने सम्भावना छ ।

खेल १० ओभरको मात्र हुने हुँदा टोली सकेसम्म सर्वाधिक अलराउन्डरको साथ मैदान उत्रने छन् । जसको कारण समपालको सम्भावना देखिन्छ । सोमपालको टोलीमा मोहम्मद हफिज, सोएब मलिक, प्रबिण ताम्बे लगायतका खेलाडी छन् ।

यता वारियर्समा विश्वका चर्चित खेलाडी छन् । वेस्टइन्डिजका खेलाडीले भोरिएको वारियर्स उत्कृष्ट विजयी सुरुवात गर्न चाहान्छ । वारियर्समा लेन्डल सिमन्स, ब्रेन्डन किंग, रोभमन पवेल, निकोलस पुरन, पाकिस्तानका यहाब रियाज लगायतका खेलाडी छन् । कप्तानी पुरनले गर्ने छन् ।

त्यस्तै नेपाली अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स र डेकन ग्ल्याडियटर्स खेल्दै छन् । खेल नेपाली समय अनुसार ८ बजे आबूधाबीमा चल्ने छ । डेकन वेस्टइन्डिजका काइरन पोलार्डको कप्तानीमा मैदान उत्रने छ ।

डेकनमा सुनिल नारायण, कोलिन इनग्राम, पोलार्ड र इमरान ताहिर लगायतका विश्वका चर्चित खेलाडी छन् । यता करणको टोली पुणेमा चाडविक वाल्टन, साम विलिंग्स, थिसेरा परेरा, मोहम्मद आमिर लगायतका विश्व चर्चित खेलाडी हुँदा सम्भावना कम देखिन्छ ।

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३८ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

Success

Thank you for your time.