default_image

3 years ago

January 28, 2021

राजेशको अर्धशतकसँगै बागमतीलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याट्सम्यान राजेश पुलामीको अर्धशतकको सहयोगमा चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मी ५० ओभरमा २ सय २९ रनमा अल आउट भयो । खराब सुरुवात गरेको आर्मीका […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याट्सम्यान राजेश पुलामीको अर्धशतकको सहयोगमा चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मी ५० ओभरमा २ सय २९ रनमा अल आउट भयो । खराब सुरुवात गरेको आर्मीका राजेश पुलामीले ९१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए ।

राजेशले ७१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ४३ औं ओभरको चौथो बलमा स्पिनर विपिन आचार्यलाई लङअनमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । आर्मी एक समय २६.४ ओभरमा १०६–६ को खराब अवस्थामा पुगेको आर्मीलाई सातौं विकेटका लागि विक्रम सोब र राजेश पुलामीले ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर रामनरेश गिरीले सोबलाई आकाश थापाबाट ३५ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । विक्रमले ५८ बलमा ३ चौका प्रहार गरे । बागमतीलाई युवा तीव्र गतिका बलर गौतम केसीले चौथो ओभरमा दुई विकेट लिदै राम्रो सुरुवात दिलाएका थिए । गौतमले तेस्रो बलमा ओपनर अनिल मण्डललाई २ रनमा बोल्ड आउट गरे ।

एक बलपछि रोहित कुमार पौडेल पनि शून्यमा बोल्ड आउट भएपछि ५–२ को अवस्थामा पुगेको थियो । रोहित ब्याटको किनरामा लाग्दै बोल्ड आउट हुन पुगेका थिए । गौतमकै अर्को ओभरमा हरि चौहान ३ रनमा कट बिहाइन्ड भएपछि आर्मी दयनीय अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि लोकेश बम र भिम सार्कीले ५६ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । लोकेशलाई १९ औं ओभरको दोस्रो बलमा नन्दन यादवले पृथु बास्कोटाबाट २३ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए ।

लोकेशले ३० बलमा २ चौका र १ छक्का सहित २३ रनको योगदान दिए । तिलकले २२ औं ओभरको तेस्रो बलमा भिम सार्कीलाई ४० रनमा विकेटकिपर आकाश थापाबाट क्याच गराउँदै बागमतीलाई पुनः खेलमा फर्काएका छन् । भिमले ६१ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि लोकेशले ब्यक्तिगत १६ रनमा जीवनदान पाउँदा आर्मी नौं ओभरमा ३६–३ को कमजोर अवस्थामा थियो । नन्दन यादवको नवौं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका उनलाई ईशान पान्डेले डीप मिडविकेटमा क्याच छोड्दै जीवनदान दिएका थिए ।

विपिनको बलमा ठूलो सट खेलेका विनोद लङअनमा नन्दन यादवबाट १० रनमा क्याच आउट हुन पुगेका थिए । विनोद आउट भएसँगै खराब सुरुवात गरेको आर्मीलाई राजेश र विक्रमले उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासेका थिए । सुशन भारी ११ बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे ।

युवा तीव्र गतिका बलर गौतम केसीले १० ओभरमा १ मेडन सहित ६१ रन खर्चेर ५ विकेट लिए । रामनरेश गिरी, नन्दन यादव, तिलकराज भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.