default_image

5 years ago

January 29, 2021

फाइनलअघि यसो भन्छन् कप्तानद्वय विनोद र शरद

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल अघि दुवै कप्तानले टोलीको लक्ष्य उपाधि जित्ने बताएका छन् ।

आर्मी पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । त्यसयता दुई फाइनल आर्मीले लगातार हारेको थियो । एपिएफले दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो । अन्य संस्करणमा भने एपिएफ सेमिफाइनलबाटै बाहिरिएको थियो ।

‘फाइनल पुगेकाले खुसी छौं । टोली प्रर्दशनको लागि आतुर छ । एउटा खेलाडीले भन्दा पनि सम्पूर्ण टिमले राम्रो गरि खुसी छौं र लक्ष्य उपाधि जित्ने नै छ’, एपिएफका कप्तान शरद भेषावकरले भने, ‘फाइनल पुग्नुनै सबैभन्दा खुसीको कुरा हो । प्रर्दशन पनि सुधारिएको छ । हामी खेलमा फाइनलमा उत्कृष्ट प्लेइङ ११ को उतार्ने छौं ।’

स्पिनर वसन्त रेग्मी सेमिफाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खेलेका थिएनन् । चोटका कारण नखेलेका उनी फाइनल खेल्ने वा नखेल्ने शनिबार विहान मात्रै थाहा हुने शरद बताउँछन् । ‘वसन्तको चोट सुधार भएको छ । शनिवार विहान फिटनेश टेष्ट गरेपछि थाहा हुन्छ । वसन्तको अनुभव हाम्रो लागि निकै महत्त्वपूर्ण छ । उनी खेलको नतिजामा नै फरक पार्न सक्ने खेलाडी हुन्’, शरदले भने ।

यता आर्मीका कप्तान विनोद भण्डारी भने वर्तमानको बारेमा सोचेर टोली फाइनलमा जाने बताए । ‘अघि के भयो भन्ने सम्झेर हुँदैन । भोलिको खेल हामी जित्नको लागि नै खेल्ने छौं । तीन खेलाडी (सोमपाल कामी, करण केसी र कुशल मल्ल) नहुँदा केहि गाह्रो परेको हो, तर उपलब्ध खेलाडी पनि कम छैनन्’, भण्डारीले भने ।

युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले अपेक्षा भन्दा कमजोर प्रर्दशन गरेका छन् । कप्तान विनोद भने रोहितले फाइनलमा प्रर्दशन गर्नेमा आशावादी छन् । ‘ठूलो खेलाडी ठूलो खेलको लागि हो । हिजोको खेलमा के भयो सोचेर हुँदैन । मलाई लाग्छ रोहितले फाइनलमा राम्रो गर्नेछ,’ उनले थपे ।

एपिएफ समूह ए बाट विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह चरणको खेलमा एपिएफले आर्मीलाई ६ रनले हराएको थियो । पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रन हराउँदै फाइनलमा स्थान बनाएको थियो । आर्मीले बागमती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

अन्तरक्रियाको भिडियो हेर्नुहोस :

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.