default_image

3 years ago

March 10, 2021

पुलिसका सरप्राइज प्याकेज गुलशन

भुपेन्द्र जिसी, काठमाडौं नेपाली खेलकुदमा विभागीय टोलीबाट खेल्ने अधिकांश खेलाडीको चाहना र इच्छा हुन्छ । खेलाडीले पाउने सेवा सुविधासँगै भविष्य सुरक्षित हुँदा खेलाडीले विभागीय टोली पहिलो रोजाईमा राख्ने गर्दछन् । नेपाली सबै राष्ट्रिय प्रतियोगिता र घरेलु खेलकुदमा विभागीय टोलीको प्रर्दशन सधैं अब्बल र उच्च हुने गर्दछ । विभागीय टोलीलाई स्तब्ध पार्दै प्रदेश टोलीले कमै मात्रमा […]

107 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली खेलकुदमा विभागीय टोलीबाट खेल्ने अधिकांश खेलाडीको चाहना र इच्छा हुन्छ । खेलाडीले पाउने सेवा सुविधासँगै भविष्य सुरक्षित हुँदा खेलाडीले विभागीय टोली पहिलो रोजाईमा राख्ने गर्दछन् ।

नेपाली सबै राष्ट्रिय प्रतियोगिता र घरेलु खेलकुदमा विभागीय टोलीको प्रर्दशन सधैं अब्बल र उच्च हुने गर्दछ । विभागीय टोलीलाई स्तब्ध पार्दै प्रदेश टोलीले कमै मात्रमा उपाधि वा प्रतियोगिता जितेका छन् ।

हरेक खेलको राष्ट्रिय टोलीका प्रमुख खेलाडी विभागमै अनुबन्ध छन् । विभागबाट खेल्न त्यति सहज पनि छैन । विभागीय टोलीबाट खेल्ने सबै खेलाडीले घरेलु, उमेर वा राष्ट्रिय टोली मध्य एकबाट उच्च प्रर्दशन गरेको हुने गर्दछन् । विभागले प्रदेश, उमेर, राष्ट्रिय वा कुनै न कुन प्रतियोगितामा राम्रो प्रर्दशन गरेको खेलाडीलाई मात्र टोलीमा मौका दिन्छ ।

नेपाल पुलिस क्लबले बुधबार टियु क्रिकेट मैदानमा काठमाडौं मेयर कप एकदिवसिय क्रिकेट खेलमा काठमाडौं मेयर–११ विरुद्ध युवा तीव्र गतिका बलर गुलशन झालाई डेब्यू दियो । बाँया हाते बलर ललितसिंह भण्डारी केहि महिनाअघि दुर्घटनामा परेपछि पुनरागमन गर्ने तयारीमा छन् । प्रधानमन्त्री कपमा आरिफ शेख पनि घाइते भएपछि पुलिसले गुलशनलाई टोलीमा राखेको हो । सरप्राइज प्याकेजका रुपमा मैदान उत्रिएका गुलशनले मैदानमा विपक्षीसँगै अन्यलाई पनि प्रभावित बनाए ।

गुलशन नेपाली क्रिकेटमा नयाँ नाम हुन् । उनले हालसम्म प्रदेशबाट पनि खेलेका छैनन । देशको लागि उमेर समूह र राष्ट्रिय प्रतियोगिता धेरै टाढाको कुरा हो । तर गुलशनको बलिङको गति र क्षमताबाट प्रभावित हुँदै पुलिसले मेयर कपमा उनलाई अन्तिम १५ मा मौका दिएको थियो । सुरुवाती तीन खेलमा बेन्चमा राखेपनि नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर राशिद खानलाई बेन्चमा राख्दै बुधबार टियु मैदानमा मेयर-११ विरुद्ध गुलशनलाई डेब्यू गराएको थियो ।

पुलिसले मेयर-११ लाई १ सय ३ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनायो । पुलिसको प्रमुख तीव्र गतिका बलरको रुपमा खेलेका १७ वर्षिय गुलशन झाले ६ ओभरमा १ मेडन सहित २२ रन खर्चिदा विकेट भने हात पार्न सकेनन् । विकेट लिन नसकेपनि उनले आफ्नो गति र बाउन्सले धेरैलाई प्रभावित पारे ।

उचाइमा ६ फिट अग्ला गुलशनले नेपाली घरेलु क्रिकेटमा राम्रो छाप छोडेका सौरभ खनाल, कृष्ण कार्की, रविन्द्रजंग शाही, खडक बहादुर बोहरा र हरि शंकर शाहलाई बलिङ गरेका थिए । पुलिसको स्पेलको सुरुवात गरेका उनले बाउन्स र आफ्नो गतिले प्रभाव छोड्न भने धेरै समय लगाएनन् । जुन उनले हालसम्म खेलेको सर्वाधिक ठूलो खेल हो ।

प्रदेश २ बाट घरेलु क्रिकेट खेल्ने उनले गत माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा टोलीमा भने परेनन् । प्रदेश छनोटमा राम्रो प्रर्दशन पनि राम्रो भएको गुलशन बताउँछन् । ‘म खेल्न धेरै पहिला देखि आतुर थिए । चोटका कारण पुलिसका केहि ढिला डेब्यू गरे । खेलमा मज्जा आयो । विकेट राम्रो थियो । चोटका कारण एक हप्ता देखि बल नै फालेको थिइनँ । त्यसैले लाइन लेन्थ त्यति राम्रो हुन सकेन’, गुलशनले भने ।

गुलशन पहिलो खेल खेल्दाको मज्जानै अर्को भएको बताउँछन् । सर्लाहीबाट प्रधानमन्त्री कप प्रदेश २ छनोट खेलेका थिए । तर टोलीमा परेनन् । ‘मैले प्रदेश छनोट खेलेको थिए । अन्तिम २४ पनि अटाएँ । तर अन्तिम टोलीमा परिनँ’, उनले त्यसैमा थपे ‘टोलीमा नपर्दा अली नराम्रो लाग्यो । मभन्दा राम्रो खेलाडी थिए, सायद त्यसैले परिनँ होला ।’

दुई साता अघि उनलाई नेक्सस क्रिकेट एकेडेमीले छात्रवृती प्रदान गर्दै होस्टेलमा राखेर ट्रेनिङ गराउने जनाएको थियो । उनी बच्चादेखिनै सर्लाहीमा क्रिकेट खेल्थें । उनले आफ्नो क्रिकेट विकास गर्न २०१६ मा भारत गएका थिए । झारखण्डको एक क्रिकेट एकेडेमीमा चार वर्ष बसेपछि लकडाउन भन्दा दुई तिन महिना पहिला नेपाल आएका थिए ।

देब्रे हातले ब्याटिङ गर्ने उनी ब्याटबाट पनि राम्रो प्रदर्शन गर्न सक्ने बताउँछन् । आज उनी ६ बलमा १ चौका सहित ५ रनमा एलबिडब्लू आउट भए । नेपाली लेगस्पिनर सन्दीप लामिछानेको बलमा स्विपसट खेल्ने धुनमा गुल्शन एलबिडब्लू आउट भएका थिए । आफू चोटका कारण अभ्यास राम्रो गर्न नसकेको उनी बताउँछन् । त्यसैले आफूलाई केहि गाह्रो भएको उनको अनुभव छ । तर म अझ राम्रो गर्नेमा भने पूर्ण विश्वस्त छन् ।

आजको खेलपछि मनोबल झनै उच्च रहेको गुलशन बताउँछन् । उनले नेपालको लागि खेल्ने आफ्नो लक्ष्य राखेका छन् । सर्लाहीमा एकेडेमी भने छैन । त्यहाँ आफूहरु मिलेर स्थानीय स्तरमा अभ्यास गर्ने उनी बताउँछन् ।

गुलशनले सिक्ने झारखण्डको उक्त क्रिकेट एकेडेमीमा भारतीय क्रिकेट टोलीका आक्रामक विकेटकिपर ईशान किशन, सौरभ तिवारीसँगै रणजी खेलेका चर्चित खेलाडीसँगै खेलेको र नेटमा बलिङ पनि गर्ने गरेको बताए । यति छिटो पुलिसको टोलीबाछ खेल्छु भन्ने कल्पना पनि नगरेको उनी बताउँछन् ।

गुलशनको प्रर्दशनले नेपाली क्रिकेट टोलीका पूर्व प्रमुख प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य प्रशिक्षक जगत टमटा पनि प्रभावित भइसकेका छन् । ‘क्षमता भएका खेलाडी हुन् । दुर्भाग्य उनी प्रदेश २ को टोलीमा परेनन् । पक्कै पनि पुलिसले क्षमता हेरेर लिएको छ । उनले चोटबाट बच्दै राम्रो खेल्नुपर्छ’, पहिलो खेल हरेपछि मेयर-११ को प्रशिक्षक समेत रहेका टमटाले भने ।

‘मैले पनि उनलाई पहिलो पटक हेरेको हुँ । उनमा क्षमता छ । पूरै १० ओभर गर्ने फिटनेश लगायत सबै पक्षमा राम्रो हुनुपर्छ । समग्रमा नेपाली क्रिकेटले एउटा राम्रो खेलाडी पाएको छ । उसले अघि बढेर देखाउनु पर्छ । गति र क्षमता भएर मात्र सबै हुँदैन । ठाउँमा आएर प्रर्दशन गर्नुपर्छ । नेपाली क्रिकेटमा एउटा राम्रो तीव्र गतिको बलर देखिएको छ”, टमटाले भने ।

पुलिसका कप्तान मन्जित श्रेष्ठले प्रदेश २ बाट नपरेकोमा आश्चर्य व्यक्त गरे । ‘हामीले हेर्ने बितिक्कै पुलिसको टोलीमा राख्यौं । एक पटक हेर्दा वितिक्कै खेलाडीको क्षमता कति छ भन्ने थाहा हुन्छ । त्यो देखेर नै टोलीमा राखेका हौं । एक पटक हेरौं ।’

‘पुलिसले मौका जति दियो त्यति नै नेपाली क्रिकेटलाई फाइदा हो । उ प्रदेश २ मै हराउन सक्थ्यो । उसमा केहि गर्न सक्ने क्षमता छ । फिटनेस स्तर बढाउनु पर्ने हुन्छ । फिटनेस बढाएमा नेपालको एक उत्कृष्ट तीव्र गतिको बलर हुनेछ’, मन्जितले खेलपछि भने ।

पुलिसले यसपटक आरिफको स्थानमा गुलशनलाई मौका दिएको थियो । टोलीमा ललित नहुँदा गुलशन सिधा विकल्पका रुपमा टोलीमा परे । तर अहिले नै पुलिसले गुलशनलाई स्थायी रुपमै टोलीमा राख्ने छलफल सुरु गरिसकेको छ ।

पहिलो खेलमा प्रचुर सम्भावना देखाएका गुलशनले आउने दिनमा गर्ने प्रदर्शनले उनले कति अवसर पाउनेछन् भन्ने निर्क्योल गर्नेछ । यसैपनि तीव्र गतिको बलिङमा नेपालको कमजोर डेप्थ र बाउन्स तथा गति निकाल्न सक्ने उनको क्षमता नेपालका लागि दीर्घकालीन रूपमा फलदायी हुन सक्छ । गुलशन, नेपाल पुलिस र नेपाली क्रिकेटले यस प्रतिभालाई अझ फस्टाउने आधार तयार गर्नुपर्छ ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.