default_image

3 years ago

March 22, 2021

ललितपुर मेयर क्रिकेट – एपिएफ र प्रदेश १ बीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेटको उद्घाटन खेल नेपाल एपिएफ क्लब र प्रदेश १ बीच हुने भएको छ । चैत २१ गते सुरु हुने च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गर्दा पहिलो दिन अर्को खेल सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर ११ बीच पनि हुनेछ । ललितपुर महानगरपालिकाको […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेटको उद्घाटन खेल नेपाल एपिएफ क्लब र प्रदेश १ बीच हुने भएको छ । चैत २१ गते सुरु हुने च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गर्दा पहिलो दिन अर्को खेल सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर ११ बीच पनि हुनेछ ।

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा क्यानले आयोजना गर्ने च्याम्पियनसिपमा ५ टोलीको सहभागिता रहनेछ । टियू क्रिकेट मैदानमा हुने प्रतियोगिताको दोस्रो खेल चैत २२ गते एपिएफ र सुदूरपश्चिम प्रदेश तथा ललितपुर मेयर ११ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

चैत २३ मा एक मात्र खेल लुम्बिनी र प्रदेश १ बीच हुनेछ । चैत २४ गते ललिपतुर मेयर ११ र एपिएफ तथा प्रदेश १ र सुदूरपश्चिम बीच हुनेछ । चैत २५ मा हुने खेल मात्र खेलमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनको अन्तिम दिन चैत २६ गते पहिलो खेल ललितपुर मेयर ११ र प्रदेश १ तथा लुम्बिनी र एपिएफबीच हुने क्यानले जनाएको छ । शीर्ष २ टोलीले चैत २८ गते फाइनल खेल्नेछन् ।

विजेताले उपाधिसहित ३ लाख, दोस्रो टोलीले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याटर र बलरले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘प्लेयर अफ द म्याच’ ले ३ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता चैत्र २१ देखि २८ गते सम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.