default_image

3 years ago

April 16, 2021

घरेलु मैदानमा पहिलो त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदान टियुमा पहिलो पटक त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै छ । शनिवारदेखि नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच टियु मैदानमा त्रिकोणात्मक टि२० आई सिरिज सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलसँगै नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । […]

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदान टियुमा पहिलो पटक त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै छ । शनिवारदेखि नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच टियु मैदानमा त्रिकोणात्मक टि२० आई सिरिज सुरु हुँदैछ ।

पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलसँगै नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । यो नेपालमा हुन लागेको पहिलो टि२० सिरिज समेत हुनेछ ।

नेपालले पहिलो त्रिकोणात्मक सिरिज २०१८ मा लर्डस मैदानमा मेरीलेबोन क्रिकेट क्लब र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । एमसीसीलाई ९ विकेटले हराएपनि नेदरल्यान्ड्सँगको खेल वर्षाको कारण स्थगित भएको थियो । नेपालले दोस्रो टि२० त्रिकोणात्मक सिरिज गतवर्ष सिंगापुर र जिम्बावेविरुद्ध खेलेको थियो । समग्रमा नेपालले खेल्ने यो तेस्रो त्रिकोणात्मक टि२० सिरिज हुने छ ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकपसँगै टि२० आईको मान्यता पाएको थियो । नेपालले आफ्नो पहिलो टि२० आई सिरिज हङकङविरुद्ध श्रीलंकामा खेलेको थियो । श्रीलंका भएको उक्त चार खेलको टि२० आई सिरिज नेपालले १–० ले गुमाएको थियो । वर्षाको कारण सुरुवाती तीन खेल हुन नसक्दा अन्तिम खेलमा नेपाल २ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालका सोमपाल कामीले १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रनका साथ टि२० आईमा उक्त नम्बरमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका थिए ।

त्यसपछि नेपालले २०१५ मा नेदरल्यान्ड्सँग उसकै घरेलु मैदानमा चार टि२० आई सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले ३–१ ले गुमाएको थियो । उक्त सिरिजपछि आयरल्यान्ड र स्कटल्यान्डमा भएको टि२० विश्वकप छनोट खेलेको नेपालले खराब प्रदर्शन गरेसँगै टि२० आई मान्यता पनि गुमेको थियो ।

२०१८ मा ओडिआई मान्यता पाएसँगै टि२० आई पनि फर्किएको थियो । २०१९ भने आइसिसीले सबै आफ्ना सदस्य राष्ट्रलाई टि२० आई मान्यता दिएको थियो । नेपालले पहिलो टि२० सिरिज २०१८ मा यूएईलाई २–१ ले हराउँदै जितेको थियो ।

नेपालले घरेलु मैदानमा पहिलो टि२० आई खेल गतवर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानसँग खेलेको थियो । उक्त खेलमा नेपालले आफ्नो टि२० आई इतिहासकै सर्वाधिक २ सय ३६ रन जोडेको थियो । सागमा नेपाल, माल्दिभ्स र भुटानको खेलले टि२० आई मान्यता पाएको थियो ।

नेपालले अन्तिम खेल २०१९ मा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । खराब प्रदर्शनका साथ नेपाल पाँच टोली सहभागी प्रतियोगितामा चौथो स्थानमा रहँदै बाहिरिएको थियो । त्यसपछि कोरोना महामारीले खेलकुद ठप्प बन्यो । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।

नेपालले घरेलु मैदानमा पहिलो ओडिआई त्रिकोणात्मक सिरिज भने खेलि सकेको छ । गतवर्ष माघमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग खेलेको थियो । पछिल्लो एकवर्ष अन्तर्राष्ट्रय खेल र प्रतियोगिता नखेलेपनि नेपाली खेलाडीले माघमा प्रधानमन्त्री कप र फागुनमा काठमाडौं मेयर कप एकदिवसिय क्रिकेट प्रतियोगिता खेलेका थिए ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.