default_image

5 years ago

April 16, 2021

त्रिकोणात्मक सिरिज : ग्लोबल टि२० विश्वकप छनोट तयारीको सुरुवात

169 views

0 Bookmark

भुपेन्द्र जि.सी, काठमाडौं

नेपालले शनिबार घरेलु मैदान टियुमा नेदल्याड्ससँग खेल्दै त्रिकोणात्मक टि२० आई सिरिजको सुरुवात गर्दै छ । नेपाल क्रिकेट संघ (क्यानं) को आयोजनामा नेपाल, नेदरल्याड्स र मलेसियाबीच डबल राउन्ड रोविनको आधारमा त्रिकोणात्मक टि२० आई सिरिज हुने छ । लिगमा समान चार खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

१४ महिनापछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाल निकै उत्साहित छ । नेपाल उपाधिको दाबेदार टोली हो । सिरिजमा नेपालले लक्ष्य उत्कृष्ट प्रदर्शनका ट्रफी घरमै राख्ने हुने छ । तर सिरिज जित्ने भन्दा अझ ठूलो २०२२ मा फेब्रुअरीमा हुने टि२० ग्लोबल छनोट सुरुवात यसै सिरिजबाट घरेलु मैदानबाट हुने छ । नेपाल समूह ए बाट शीर्ष दुईमा रहन सके ७ वर्षपछि पुन विश्वकप खेल्दै अष्ट्रेलिया टिकट पक्का गर्ने छ । सन् २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकपनै नेपालको पहिलो र अन्तिम हो । त्यसपछि छनोट भन्दा माथि नेपाल पुग्न सकेको छैन ।

विश्वकप छनोटको लागि नेपाललाई अब एक वर्ष समय छ । एक वर्षमा तयारी र लगानी कस्तो गर्छ त्यसले विश्वकप खेल्ने वा नखेल्ने निर्धारण गर्ने छ । विश्वकप छनोटको लागि एक वा दुई महिना तयारी पर्याप्त हुने छैन । नेपालले यो सिरिजमा आसिफ शेख, साहब आमल, कुशल भुर्तेल लगायतका युवा खेलाडीलाई मौका दिएको छ ।

त्यसो त यो सिरिज नेपालले गुमाउँदा पनि खासै ठूलो फरक पर्ने छैन । किनकी नेपालको लक्ष्य २०२२ ग्लोबल छनोट हुने छ । यो सिरिजबाट नेपाल धेरै भन्दा धेरै सिक्न चाहने छ । विशेष गरि नेदरल्यान्ड्सबाट । विश्वकप छनोट सम्म कस्तो टोली निर्माण गर्ने अवको तयारीमा निर्भर रहने छ ।

कप्तान ज्ञानेन्द्र मल्ल विश्वकप छनोटको सुरुवात यहिँबाट हुने बताउँछन् । ‘हामी पनि त्यहिँ भनि रहेका छौं । २०२२ को ग्लोबल छनोटको तयारी सुरु गर्ने यो सहि समय हो । छनोटको जस्तो यो बेला खेलाडीमा कुनै दबाब छैन । खेलाडी हेर्ने र तयार पार्ने यो नै यहि समयमा हो । खेलाडीको विकास, अनुभव दिने, सल्लाह दिने यहिनै बेला हो । ग्लोबल छनोटलाई लक्ष्य गरेर अहिले देखिनै टिमलाई कस्तो हिसावले बनाएर लगेर जाने भन्ने हिसाबलेनै यो सिरिजमा गर्ने छौं’, ज्ञानेन्द्रले भने । त्यसैले ज्ञानेन्द्र कुनैपनि युवा खेलाडीले एक खेलमा नराम्रो गर्दै निरास नहुन सुझाव दिन्छन् ।

युवा खेलाडीलाई सिधैं ग्लोबल छनोटमा लगेर जादा नतिजा पक्कै आउँदैन । किन भने दबाबमा खेल्न कुनैपनि खेलाडीलाई सहज हुँदैन । अर्कोतर्फ राम्रो नतिजा आउन धेरै भन्दा धेरै खेल खेल्न आवश्यक पर्छ । यो सिरिजको हारले खासै दबाब राख्दैन । निरन्तर कुनै दबाब खेल्दा खेलाडी स्वतन्त्र रुपमा आफ्नो शैलीको खेल खेल्न पाउँछ र आफ्नो प्रदर्शनमा पनि निखारता ल्याउँछ । जुन कुरा टोलीलाई थाहा छ ।

सिरिजअघि नेपाली क्रिकेट टोलीका प्रमुख ब्याट्सम्यान पारस खड्का दायाँ हातको काँधमा चोटका कारण गुमाउने भएका छन् । जसले गर्दा युवा खेलाडीमा जिम्मेवारी थपिने छ । यस सिरिजमा ओपनर आशिफ शेखलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । विकेटकिपर आसिफ उमेर समूह देखिनै ठूलो सम्भावना देखाएका ब्याट्सम्यान हुन् ।

प्रधानमन्त्री कप र मेयर कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सम्भव त नेपालको ओपनिङ कुशल मल्ल र आसिफ शेखले गर्ने छन् । तेस्रो नम्बरमा कप्तान ज्ञानेन्द्र, चौथोमा दीपेन्द्रसिंह ऐरीको सम्भावना छ । उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्न दबाब र आवश्यक दुबै छ । पाँचौं नम्बरमा आरिफ शेख वा सन्दीप जोरा सम्भावना छ । छैटौं नम्बरमा विनोद भण्डारी हुन सक्छन् ।

नेपालले अलराउन्डरको रुपमा कुशल मल्लसँगै करण केसी र सोमपाल कामीलाई खेलाउने सम्भावना छ । सोमपाल र करण तीव्र गतिका प्रमुख हतियार पनि हुन् । टि२० विशेषका रुपमा छवि बनाएका अभिनाश बोहरा सहित नेपालले तीन तीव्र गतिका बलर खेलाउने छ । विश्व टि२० क्रिकेटमा भिन्दै पहिचान बनाएका लेग स्पिनर सन्दीप लामिछानेलाई सुशन भारी वा साहब आलम मध्य एकले साथ दिनेछन् ।

पछिल्लो समय घरेलु प्रतियोगिता प्रदर्शन हेर्दा साहबको सम्भावना देखिन्छ । साहब मात्र होईन सम्भावना बोकेका युवा खेलाडीलाई प्रयोग गर्ने र हेर्ने सिरिजनै सबैभन्दा राम्रो अवसर हो । यो सिरिज टि२० वरियता सुधार गर्ने एउटा अवसर पनि हो । हाल नेपाल ११ बाट खस्किएर १५ औं स्थानमा पुगेको छ । नेपालभन्दा अघि एसोसियट टोलीबाट स्कटल्यान्ड र यूएई छन् । अर्कोतर्फ खेलाडीलाई ब्यक्तिगत वरियतामा सुधार गर्ने राम्रो अवसर पनि रहने छ ।

नेपाललाई यस सिरिज सहज भने हुने छैन । मलेसियाले गतवर्ष थाईल्यान्डमा भएको इस्टर्न रिजन टि२० एसिया कपमा नेपाललाई पराजित गरेको थियो । मलेसियाको लक्ष्य यस सिरिजमा जित्ने भन्दा सिक्ने बढी छ । उसलाई गुमाउनु केहि छैन । तर आफ्नो उत्कृष्ट खेल स्वतन्त्र रुपमा खेल्दै कडा चुनौती दिने सोचमा छ ।

टि२० आई वरियतामा मलेसिया ३१ र नेदरल्यान्ड्स १७ औं स्थानमा छ । नेदरल्यान्ड्सलाई वर्तमान समयमा एसोसियट टोलीको प्रमुख मानिन्छ । पछिल्लो समय सिंगापुर, मलेसिया, कतारसँग हारेको नेपाल साना टोलीदेखि होसियार छ । पछिल्लो समय टेष्ट टोलीसँग बढि अभ्यास गरि रहेको नेदरल्यान्ड्स नेपाललाई घरमै स्तब्ध पार्दै सिरिजका साथ स्वदेश फर्कन चाहन्छ ।

आइसिसी सुपर लिगमा नेदरल्यान्ड्स भारत सहित १२ टेष्ट टोलीसँग विश्वकप सुपर लिगमा प्रतिस्पर्धा गर्दै विश्वकप छनोट खेलि रहेको छ । उसले नेपालको खेललाई आगमी दिनमा भारत, इंग्ल्यान्ड, अष्ट्रेलिया जस्ता देशको लागि तयारीको रुपमा लिएको छ । तर नेपालको घरेलु मैदान र समर्थक सामू उसलाई पनि सहज हुदैन भन्ने राम्रोसँग थाहा छ । यो सिरिज ग्लोबल टि२० विश्वकप छनोट सुरुवात हुँदा हार भन्दा पनि युवा खेलाडीलाई कसरी प्रयोग गर्छ त्यो भने निकै महत्वपूर्ण हुने देखिन्छ

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.