default_image

3 years ago

April 17, 2021

आसिफ र कुशलको विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले टि२० आई क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्न कुशल र आसिफले १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । नेपालले १ सय ३६ रनको विजयी लक्ष्य १५ ओभरमा १ विकेट […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले टि२० आई क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् ।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्न कुशल र आसिफले १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । नेपालले १ सय ३६ रनको विजयी लक्ष्य १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर तथा डेब्यूद्धय आसिफ र कुशलले उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए ।

कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अविजित रहे । पहिलो विकेटका लागि आसिफ र कुशलले १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार निकालेको थियो । कुशल र आसिफ डेब्यू खेलमा सर्वाधिक टि२० आईमा साझेदारी गर्ने खेलाडी बनेका छन् ।

यसअघि डेब्यू खेलमा टि२० आईमा दुई खेलाडीले बनाएको उच्च रन ९० रन थियो । मोजाम्बिकबाट छैटौं विकेटका मलावीविरुद्ध सन् २०१९ मा डामिसो कुवानो र फिलिप कोसाले ९० रनको साझेदारी गरेका थिए । जुन साझेदारी कुशल र आसिफले तोडेका हुन् । तेस्रो स्थानमा दक्षिण अफ्रिका ग्रिम स्मिथ र ज्याक्स कालिसले न्युजिल्यान्डविरुद्ध सन् २००५ मा ८४ रनको साझेदारी गरेका थिए ।

पहिलो ओभरको तेस्रो बलमा खाता नखोल्दै क्याच आउट भएपनि नो बलको कारण जीवनदान पाएका कुशलले त्यसपछि भने खेललाईनै आक्रामक अर्धशतकका साथ सहज जित दिलाएका थिए । पहिलो विकेटका लागि नेपालबाट टि२० आईमा बनेको यो हालसम्मकै उच्च साझेदारी हो ।

पारस खड्का र ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध १ सय ८ रनको ओपनिङ साझेदारी तोडेका थिए । टि२० आईमा डेब्यूमा नेपालबाट अर्धशतक प्रहार गर्ने कुशल दोस्रो र आसिफ तेस्रो खेलाडी बनेका छन् । यसअघि सन्दीप जोराले यूएईविरुद्ध डेब्यू गर्दै ५३ रन जोडेका थिए ।

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

Success

Thank you for your time.